देश/प्रदेश

किन गरिन्छ सोह्रश्राद्ध ?

By खबरहब

September 30, 2023

दसैँ सुरु हुनु अघि १६ दिनको पक्षलाई पितृपक्ष अर्थात सोह्रश्राद्ध भनिन्छ । सोह्रश्राद्ध आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म चल्ने छ ।

यो अवधिमा  पितृहरू पृथ्वी लोकमा आआफ्ना सन्ततिका घरमा आएर बस्ने गर्दछन् भन्ने मान्यता पनि रहेको छ । हिन्दु धर्मावलम्बीहरूले सोह्र श्राद्ध, पितृ पक्ष, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गर्ने गर्छन् ।

पितृ कर्मलाई सनातन संस्कारको केन्द्रबिन्दुका रूपमा लिइएको छ । सोह्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्यु तिथि अनुसार श्राद्ध गर्दछन् ।

केही मानिस, जसलाई आफ्ना परिजनहरूको मृत्यु तिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृ पक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ ।

पितृ कार्य गरी दिइएको पिण्ड तर्पण भोजनमा परिणत भई पितृहरूले पाउँछन् भन्ने मान्यता छ ।

सोह्र श्राद्धका दिनमा श्राद्ध गर्ने कर्ताले (पुरुषले) दारी, कपाल काटी एक छाक खाई शुद्ध हुने चलन छ । यसका साथै शुद्ध ठाउँमा बसेर श्राद्ध गर्ने गरिन्छ ।

यस्तै, काग, गिद्धको दृष्टि नपुग्ने, घरपालुवा कुकुर आदि जनावरको पहुँच नभएको र प्राङ्गण भएको ठाउँमा र श्राद्धकर्ता पूर्व वा दक्षिण फर्केर श्राद्ध गर्ने चलन छ ।

शास्त्रअनुसार श्राद्ध गर्ने ठाउँ नजिकै फलामयुक्त  सामान वा घन, झ्याम्फल, कुटो, कोदालो, काटी लगायतका सामानहरू राख्नु हुँदैन ।

यस्ता सामान यमराज अर्थात् यमदण्डको प्रतीक भएकाले यिनलाई देखेमा पितृहरू डराइ भाग्छन् र घरमा प्रवेश गर्दैनन् भन्ने मान्यता छ ।

शास्त्रअनुसार कुन तिथिमा कसको श्राद्ध गरिन्छ ?

सोह्र श्राद्धमा के गर्ने ? के नगर्ने ?