प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै  « Khabarhub

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै 


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीन भ्रमणबाट स्वदेश फर्किँदै छन् । 

अमेरिकामा राष्ट्रसंघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चीनको भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज १५ दिनपछि स्वदेश फर्किन लागेका हुन् । 

प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरू चीनको छेन्दुबाट काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

हिजो छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गरेपछि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्रीको सहभागिता रहेको थियो । 

सो अघि प्रधानमन्त्री प्रचण्डले तिब्बतस्थित मानसरोवर र कैलास पर्वत दर्शन गरेका प्रधानमन्त्री दाहाल हिजो मात्रै ल्हासा विमानस्थलबाट छेन्दु पुगेका हुन् ।

गत भदौ गत भदौ ३० गते राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड गत शनिवार त्यताबाट सोझै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्केका थिए । 

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ७ : ५५ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ