‘काँग्रेस एकताबद्ध कसैले हराउन सक्दैन’ | Khabarhub Khabarhub

‘काँग्रेस एकताबद्ध कसैले हराउन सक्दैन’


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– नेपाली काँग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले काँग्रेस सम्हालिएर अगाडि बढ्ने बेला आएको बताएका छन्।

शुक्रवार सिन्धुलीमा पार्टीका नेता कार्यकर्तासँगको अन्तर्क्रियामा उनले नयाँ राजनीतिक शक्तिको उदयलाई सामान्य रूपमा लिन नहुनेमा जोड दिँदै काँग्रेस पनि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने,  ‘नयाँ पार्टीहरूको उदयलाई सामान्य रूपमा लिनुहुन्न । तर अब सबै सकिइसक्यो भनेर अत्तालिनुपर्दैन । सम्हालिएर हिँड्ने समय आएको छ । हाम्रो काम गर्ने तरिका बदल्नुपर्छ ।’

पूर्व अर्थराज्यमन्त्री एवं काँग्रेस नेता राणाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित बनाएर संगठनलाई सक्रिय बनाउनुपर्ने बताए । उनले नेतृत्व परिवर्तनको कुरा गरेर मात्रै नहुने स्पष्ट पारे ।

‘नेतृत्व परिवर्तन भनेर मात्रै हुँदैन । हामी सबै पार्टीको वडा तहदेखि नै निर्वाचित भएर आएका हौँ। पार्टीभित्र गुट उपगुट हुन्छन् । आन्तरिक प्रतिस्पर्धाले नै पार्टीलाई जीवन्त बनाउने हो । तर त्यसलाई व्यवस्थित बनाउन जरुरी छ,’ उनले भने ।

उनले वडादेखि केन्द्रसम्म हामी सबैले जिम्मेवारीवोध गरेर संगठनलाई चलायमान बनाउनुपर्ने भन्दै उनले काँग्रेस एकताबद्ध भए काँग्रेसलाई कसैले हराउन नसक्ने दावी गरे ।

 

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ८ : ०६ बजे

भारतविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित, म्याक्सवेलको शतक

काठमाडौं – टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलियाले भारतविरुद्ध रोमाञ्चक

बागमती र पशुपति क्षेत्रलाई स्वच्छ बनाउन छलफल

काठमाडौं – शिवपुरीदेखि बग्दै आएको बागमती नदी र नदी तटमा

उत्तराखण्डको सुरुङमा १७ दिनदेखि फसेका ४१ मजदुरको सकुशल उद्धार

उत्तराखण्ड – विगत १७ दिनदेखि भारतको उत्तरकाशी सुरुङमा फसेका ४१

कानुनमा साना उद्योग प्रवर्द्धनको व्यवस्था गर्न माग

काठमाडौं– लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्न औद्योगिक व्यवसाय

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’को सेमिफाइनल समीकरण पूरा

कास्की – पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’