कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दो « Khabarhub

कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दो


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

गलकोट– यहाँका किसानले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएका छन् । हाइटेक टनेल, थोपा सिँचाइ र मल्चिङ प्रविधिमार्फत किसानले कृषिजन्य वस्तुको उत्पादन र आम्दानी दुवै बढाउन सफल भएका हुन् ।  

आधुनिक प्रविधिको प्रयोग गर्दै आम्दानी बढाउनेमा किसान त्रिलोचन सापकोटा पनि रहेका छन् । तीन दशकभन्दा बढी समयदेखि कृषि पेशामा सक्रिय बागलुङ नगरपालिका–४ ढोडेनीका सापकोटाले प्रविधिको प्रयोगपछि आम्दानी दोब्बर भएको अनुभव सुनाए । उनले हाल १२ रोपनी जग्गामा नौवटा हाइटेक टनेलमा खेती गरिरहेका छन् ।

सापकोटाले प्रत्येक प्लाष्टिक टनेलमा थोपा सिँचाइ र मल्चिङ प्रविधि पनि अपनाएका छन् । उनले कालीगण्डकी पशुपालन तथा कृषि फार्म कम्पनी अन्तर्गत गाईभैँसीको पिसाबलाई शुद्धीकरण गरी प्लाष्टिक टनेलसम्म पुर्‍याउने व्यवस्था मिलाएका छन् । 

‘व्यवासयिक कृषि र पशुपालन ३२ वर्षदेखि गरिरहेको छु, तर पछिल्लो पाँच वर्षयता मात्रै कृषिमा आधुनिक प्रविधिको प्रयोग सुरु गरेपछि वार्षिक आम्दानीमा दोब्बर भएको छ’, सापकोटाले भने, ‘बाह्र रोपनी जग्गामा नौवटा प्लाष्टिक हाइटेक टनेल र अन्य खाली जग्गामा तरकारी खेती गरिरहेको छु ।’

उनले तीनवटा भैँसी र एउटा गाईबाट उत्पादन हुने दैनिक २५ लिटर दूध बिक्री गरिरहेका छन् छ भने एक रोपनी क्षेत्रफलमा स्थानीय जातको माछापालन गरिरहनुभएको छ । ‘गत जेठमा मात्रै रु दुई लाखको टमाटर बिक्री गरेँ, यो प्रविधिको प्रयोग सुरु गरेपछि यति राम्रो आम्दानी सम्भव भएको हो’, उनले सुनाए। उनले दुई जनालाई नियमित र अन्यलाई ज्यालादारीमा जागिर पनि दिएका छन् ।

‘प्रविधिकै कारण मौसमी र बेमौसमी तरकारी, काँक्रो, टमाटर, माछा र दूध बिक्रीबाट वार्षिक रु १५ लाखसम्म आम्दानी भइरहेको छ’, उनले भने, ‘यही कमाइबाट तीन जना छोरालाई उच्च शिक्षासम्म पढाउन सकेँ ।’ उनका एक छोरा अहिले अमेरिका र एकजना अष्ट्रेलिया रहेका छन् । 

‘पशु र बालीमा कुनै रोगको सङ्क्रमण नभए आम्दानी राम्रो हुन्छ, सरकारी निकायबाट अनुदान र प्राविधिक सहयोग पनि प्राप्त भइरहेको छ’, उनले भने, ‘तलब, ज्याला, मल, बीउलगायतमा वार्षिक रु पाँच लाख खर्च भए पनि रु १० लाख बचत हुन्छ ।’

उनी यतिबेला कृषि फार्म बिस्तारको योजना बनाएका छन् ।  फार्मलाई पूर्णरुपमा विषादीमुक्त बनाउने योजना अनुसार गाईभैँसीको पिसाबलाई शुद्धीकरण गरी तरकारी बालीमा प्रयोग गरिरहेको उनको भनाइ छ । फार्म सञ्चालनका लागि साढे तीन रोपनी आफ्नै जग्गा छ । 

बाँकी जग्गाका लागि वार्षिक रु ८० हजार भाडा तिर्छन् । काउली, बन्दा, सिमी, साग, टमाटरलगायतका तरकारी उत्पादन गर्दै आएका सापकोटाको मुख्य आम्दानी भनेको टमाटर भएको उनले बताए । 

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  १ : ४६ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद