भिमादका महिलाहरू आयआर्जनतर्फ अग्रसर  « Khabarhub

भिमादका महिलाहरू आयआर्जनतर्फ अग्रसर 


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको भिमाद नगरपालिका–६ का महिलाहरू आयआर्जनतर्फ अग्रसर भएका छन् । मातृ शिशु कल्याण आमा समूहले सर्फ उद्योग सञ्चालनमा ल्याएसँगै समूहमा आबद्ध महिलाहरु आत्मनिर्भर बन्न आयआर्जनतर्फ अग्रसर भएका हुन् । 

महिलालाई आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले सर्फ उद्योग सञ्चालन गरिएको आमा समूहकी सचिव सीता सुवेदीले बताए । उनले भने, ‘घरायसी काममा मात्रै व्यस्त हुने महिलालाई समेटेर उद्योग सञ्चालनमा ल्याएका हौँ । यसबाट उनीहरूले आर्थिक आम्दानी गर्न सक्नुहुनेछ ।’

भिमाद नगरपालिकाको ‘उपप्रमुख समृद्धि कोष’को सहयोगमा उद्योग सञ्चालनका लागि सहयोग पुगेको उनको भनाइ थियो । कोषमार्फत उद्योगका लागि रू चार लाख सहयोग भएको छ भने लागत साझेदारीमा रू तीन लाख ८५ हजार बेहोरिएको सचिव सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार थप रकम समूहमा आबद्ध ३६ जना सदस्यबाट जनही रू २३ हजारका दरले संकलन गरिएको छ ।

उक्त रकमबाट मिस्टर मेसिन, क्रेज मिल, ग्रेन्डर क्रेज, वेन्ड सिलर, प्याकेजिङ मेसिनलगायत उद्योगका लागि आवश्यक सामग्री खरिद गरिएको सचिव सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार उद्योगबाट सर्फ उत्पादन सुरु भइसकेको छ । सुवेदीका अनुसार सुरुआती चरणमा एक किलो सर्फलाई रू तीन सय ५०, पाँच सय ग्रामलाई रू एक सय ७० र सात सय ग्रामलाई रू दुई सय ७० मा बिक्री सुरु गरिएको छ । ‘घरमा यत्तिकै बस्नुभन्दा केही उद्यम गरौँ भन्ने भावनासहित आमा समूहमा सल्लाह गरेपछि उद्योग सञ्चालनको प्रस्ताव आएको थियो’, उनले भने, ‘त्यसमा नगरपालिकाले सहयोग गरेपछि सहज भएको छ ।’

विसं २०५३ मा स्थापित आमा समूहले मठमन्दिर जाने बाटो, सेती नदी किनारमा कोटीहोमस्थलमा प्रतीक्षालय, देउराली बागटार दुर्गा मन्दिर निर्माणमा सहयोग गरेको छ । 

नगरपालिकाका हरेक नगरवासीलाई उद्यमसँग जोड्ने उद्देश्यसहित उपप्रमुख समृद्धि कोष अभियान सञ्चालन गरिएको उपप्रमुख शारदा खनालले बताए। उनले भने, ‘हरेक महिलाहरु आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच राखेर केही गर्न चाहने महिलाका लागि यो अभियान सुरु गरेका हौँ । उद्यमी बन्न कोषबाट सहयोग गर्छौं ।’

महिलाले स्थापना गरेको उद्योगले महिलालाई उद्यमशील बन्न सहयोग पुग्नका साथै स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गरेको नगरप्रमुख दधिराज सुवेदीले जानकारी बताए। उनले भने, ‘भिमाद नगरपालिकाको समृद्धिका लागि महिलाहरू उद्यमशील हुनुपर्छ । उद्यमी बन्नेलाई अनुदान सहयोग गर्छौँ ।’

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  २ : १९ बजे

एमालेमा ओलीको संकट बढ्दै गर्दा उनैले भित्र्याएका अरगरियाले छाडे पार्टी

काठमाडौं- नेकपा (एमाले)का केन्द्रीय सदस्य उमाशंकर अरगरियाले पार्टी परित्यागको घोषणा

पेट्रोलियम पदार्थमा लगाइएको करविरुद्ध चितवनमा मिराजको अनौठो प्रदर्शन

काठमाडौं– पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा युवाहरूले

खबरहबकर्मी घिमिरेसहित चारजना पत्रकार पुरस्कृत

पाँचथर– खबर मिडिया ग्रुपकी राजनीतिक रिपोर्टर ज्ञानु घिमिरेलाई नेपाल पत्रकार

ऋषि धमलाले भने- सरकारले जेन-जी आन्दोलनका घाइते तथा पीडितको माग सम्बोधन गर्नुपर्छ

काठमाडौं– स्वतन्त्र नागरिक अभियान नेपालले देशमा सुशासन, पारदर्शिता, सामाजिक न्याय

गगनलाई एनपीको आग्रह : क्रियाशील सदस्यताबारे थप विवाद नबढाउनू

काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले सभापति गगन थापासँग पार्टीमा