ज्ञानको तिर्खा घट्यो (फोटो फिचर) « Khabarhub

ज्ञानको तिर्खा घट्यो (फोटो फिचर)


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

प्रज्ञा– चेतनाको नेतृत्व लिएका दुई बौद्धिक निकाय नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनले गरेको बृहद् पुस्तक प्रदर्शनीमा पाठकको आकर्षण न्यून देखिएको छ । दशैँ तिहारको छेको पारेर गरिने प्रदर्शनीमा एकाध वर्षअघिसम्म पाठकहरूको छिचोली नसक्नु भीड हुने गथ्र्यो ।

 लामो बिदामा पढ्ने खुराकका लागि पाठकले भरपूर यो समय सदुपयोग गर्थे । अझ सार्वजनिक बिदाका दिन त किताब छान्नेको घुइँचो हुन्थ्यो । तर  अहिले औँलामा गन्न सकिने पाठकको उपस्थिति देखिदैन । आखिर किन त रु सामाजिक सञ्जालतर्फ रुचि बसाइं सर्नुको परिणाम, सोर्स फोर्समा छापिने गुणस्तरहीन पुस्तकप्रतिको वितृष्णा र अर्को आयमा आएको संकुचनका कारण खर्च कटौती यिनै तीनवटै पक्षबाट बिक्रेताले विश्लेषण गरेका छन् ।

 यो सँगै जोडिएको अर्को पक्ष के छ भने अन्तर्राष्ट्रिय बजारमा कागजको मूल्य बढेको कारण देखाएर प्रकाशन लगानी बढ्दा यहाँ प्रकाशित पुस्तक आम नागरिकका लागि सर्वसुलभ बन्न सकेका छैनन् ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  २ : ३५ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने