क्याथे प्यासिफिकले एयरबससँग ३२ वटा विमान किन्ने | Khabarhub Khabarhub

क्याथे प्यासिफिकले एयरबससँग ३२ वटा विमान किन्ने


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

हङकङ- हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले विमान निर्माता कम्पनी एयरबसबाट ३२ वटा ए३२० निओ विमान खरिद गर्ने भएको छ ।

क्याथे प्यासिफिकले चीन र एसियाली क्षेत्रमा सेवा विस्तारका लागि थप विमान खरिद गर्न लागेको हो । विमान खरिद गर्न भएको व्यावसायिक कारोबारको वास्तविक विवरण सार्वजनिक गरिएको छैन तर ती विमानको हालको बजार मूल्यका आधारमा तीन अर्ब २० करोडदेखि चार अर्ब १० करोड अमेरिकी डलरसम्ममा सम्झौता भएको अनुमान गरिएको छ ।

एयरबसले आफ्ना सिङ्गल–आइल ए३२० विमान इन्धन खपतका आधारमा बोइङ कम्पनीका विमानभन्दा उत्कृष्ट रहेको दाबी गर्दै आएको छ । बोइङका ७३७ म्याक्स जहाजभन्दा ए३२० विमान कम इन्धन खपत गर्ने एयरबसको दाबी छ ।

क्याथे प्यासेफिक विश्वका अग्रणी एयरलाईन्समध्येको एक हो । यो कम्पनीले सन् २०१७ मा नै एयरबससँग त्यस्ता विमान खरिद गर्ने बताएको थियो ।

सोही वर्ष एयरबसलाई आपूर्तिका निम्ति दिइएको अर्डरमध्ये १३ वटा विमान क्याथेले प्राप्त गरीसकेको तथा थप १० विमान आगामी सन् २०२९ सम्ममा उपलव्ध हुने अपेक्षा गरिएको एयरबसले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ५ : ३१ बजे

स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदार : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित

भारत-पाकिस्तान तनाव र नेपालमा आर्थिक असर

भारत–पाकिस्तानको वर्तमान अवस्था भारत र पाकिस्तानबीच सम्बन्धको पृष्ठभूमि हेर्ने हो

उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला

प्रदीप नेपालको देहावसानले अपूरणीय क्षति : नेकपा (मसाल)

काठमाडौं : नेकपा (मसाल) ले दिवंगत नेता प्रदीप नेपालप्रति श्रद्धाञ्जली

क्यानडाको श्रम बजार सुस्त, बेरोजगारी दरमा निरन्तर वृद्धि

ओटावा– क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अंकले वृद्धि