जर्मन विदेशमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई ‘तानाशाह’ भनेपछि सम्बन्ध चिसियो « Khabarhub

जर्मन विदेशमन्त्रीले चिनियाँ राष्ट्रपतिलाई ‘तानाशाह’ भनेपछि सम्बन्ध चिसियो


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- जर्मन विदेशमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई ‘तानाशाह’ भनेपछि दुई मुलकबीचको सम्बन्धमा पुनः तनाव पैदा भएको छ । जर्मन विदेशमन्त्री एन्नालेना बाएरबकले अमेरिकी टेलिभिजनसँगको साक्षात्कारमा चिनियाँ राष्ट्रपति सीलाई तानाशाहको संज्ञा दिएकी थिइन् ।

अमेरिका भ्रमणका क्रममा फक्स न्यूज टेलिभिजन च्यानलसँगको साक्षात्कारमा विदेशमन्त्री बाएरबकले राष्ट्रपति सीलाई तानाशाह भनेपछि चीनले जर्मन राजदूतसँग स्पष्टीकरण सोधेको छ ।

अमेरिकाको टेक्सस राज्यमा फक्स न्यूजलाई दिएको अन्तरवार्तामा उनले युक्रेनमा जारी आक्रमणमा रुसी भूमिकाको निन्दासमेत गरेकी थिइन् । उक्त अन्तरवार्तामा उनले ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस युद्धमा विजयी हासिल गरेको खण्डमा चिनियाँ राष्ट्रपति सीजस्ता तानाशाहलाई कस्तो सन्देश जाला ?’ भन्ने प्रश्न गरेकी थिइन् ।

त्यसैले स्वतन्त्रता, लोकतन्त्रको जितका लागि यस युद्ध युक्रेनले जित्नुपर्ने उनको तर्क थियो ।

चिनियाँ विदेश मन्त्रालयले जर्मन विदेशमन्त्रीको हास्यास्पद भनाइले चिनियाँ राजनीतिक अस्मितामा हस्तक्षेप गरेको टिप्पणी गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ९ : ३५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको