प्रदेशस्तरीय ब्याडमिन्टनमा खड्का र कार्की विजयी | Khabarhub Khabarhub

प्रदेशस्तरीय ब्याडमिन्टनमा खड्का र कार्की विजयी


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

बेनी- म्याग्दीको बेनीमा आज सम्पन्न गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको खुला पुरुषतर्फको उपाधि कास्की पोखराका विशाल खड्का र मनोहर कार्कीको जोडीले जितेका छन् ।

म्याग्दी कोरला यातायात प्रालिले आयोजना गरेको दोस्रो कोरला कप ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा कास्कीका विशाल बस्नेत र आशिष श्रेष्ठको जोडीलाई पराजित गर्दै खड्का र कार्की च्याम्पियन बनेका हुन् ।

निकै प्रतिस्पर्धा भएको खेलमा विजयी जोडीले पहिलो र तेस्रो तथा उपविजेताले दोस्रो सेट आफ्नो पक्षमा पारेका थिए । विजेताले कप, मेडल र प्रमाणपत्रसहित नगद रु ४० हजार तथा उपविजेताले रु २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

तेस्रो भएका बेनीका सुरेन्द्र हमाल र किसान खड्का तथा सन्दीप अधिकारी र प्रवेश मगरको जोडीले रु सात हजार पाँच सयका दरले नगद पुरस्कार प्राप्त गरे । प्रदेशस्तरीय प्रतिस्पर्धामा ८४ जोडीले सहभागिता जनाएका म्याग्दी ब्याडमिन्टन सङ्घका अध्यक्ष सचिन शाक्यले जानकारी दिए ।

सोह्र टिमको सहभागिता रहेको ४५ वर्षमाथिको खुला ‘भेट्रान्स’ प्रतियोगितामा कृषकको कृषि औजार कारखाना तथा गौरव मुना सुन चाँदी पसलका शम्भुकुमार श्रेष्ठ र राजेश गुरुङ विजेता, कुश्माका प्रेम गुरुङ र सञ्जय कपालीको जोडी उपविजेता भए । बेनीका कुलदीप जुग्जाली र रवीचन्द्र टोना तथा रमेशकुमार श्रेष्ठ र रत्नबहादुर थजालीको जोडी तेस्रो भए ।

भेट्रान्समा विजेता, उपविजेता र तृतीय हुने जोडीलाई कप, मेडल र प्रमाणपत्रसहित क्रमश रु ३० हजार, २० हजार र पाँच हजार नगद पुरस्कार प्रदान गरिएको म्याग्दी कोरला यातायात प्रालिका कार्यवाहक अध्यक्ष मोहन केसीले बताए ।

म्याग्दी जिल्लास्तरीय ‘सि लेभल’ ब्याडमिन्टन प्रतियोगितामा बेनीका सज्जन शाक्य र रियान थापाको जोडी विजेता, तातोपानीका अन्जान पुन र मिलन घर्तीको जोडी उपविजेता भए । बेनीका दलबहादुर पुन र उपेन्द्र कार्की तथा कुलदीप जुग्जाली र प्रकाश पौडेलको जोडी तृतीय भएका छन् ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पदक विजेता खेलाडीलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, बेनी नगरपालिका–७ का अध्यक्ष रमेश श्रेष्ठ, म्याग्दी कोरला यातायात प्रालिका कार्यवाहक अध्यक्ष मोहन केसीलगायतले पुरस्कार वितरण गरे ।

सिलेभल प्रतियोगितामा कृषकको कृषि औजार कारखानाबाट सहभागी भएका प्रकाश पौडेललाई खेल अनुशासन उल्लङ्घन गरेकाले रेफ्रीले रातो कार्ड देखाएका थिए । पौडेललाई नगद रु दुई हजार जरिवाना तिराएर नेपाली ब्याडमिन्टन सङ्घको केन्द्रीय समितिमा कारबाहीको जानकारी गराउने ब्याडमिन्टन सङ्घ म्याग्दीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ९ : ४७ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।