एक वर्षमा मुक्ति पाउन नसकेको त्यो दुर्घटना | Khabarhub Khabarhub

एक वर्षमा मुक्ति पाउन नसकेको त्यो दुर्घटना


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

हलोवान पार्टीको भिडमा परेर दबिएपछि १ सय ६० जनाको ज्यान गएको एक वर्ष भएको छ। एक वर्ष अघि आफू मुस्किलले बाँचेको त्यसै गल्लीमा ली जु हुन फेरि पुगेकी छिन्। त्यो डरलाग्दो रातमा मुस्किलले बाँचेकी उनको मानसपटलबाट फर्कने त सम्भावना नै भएन। तीन दिशाबाट आएका व्यक्ति प्यासेजमा निस्सासीएर त्यो दुर्घटना भएको थियो।

दुर्घटनाका एक वर्ष बित्तीसक्दा थुप्रै अधिकारीले डकुमेन्ट तयार गरेका छन्। तथापि कसैले पनि यसको जिम्मेवारी लिएका छैनन्। जी जुलाई अहिले पनि आफू च्यापिएर शरीरमाथि धेरै जना टेकेर नै हिँडेको स्थान अझै याद छ। एक पटक बेहोसको अवस्थामा पुगेकी उनी त्यसबाट निस्किएर फेरि बाहिर आएकी हुन्।

‘त्यहाँ सबै जना बाहिर निस्कन खोजीरहेका थिए। हरेकले बाहिर निस्कनका लागि कराइ रहेका थिए। म मर्न चाहन्न भनिरहेका थिए’, एक वर्ष अघिको अनुभव उनले सुनाइन्। पर क्लबमा रहनेहरूले भने नमर्नका लागि भनीरहेका थिए। बिस्तारै त्यो आवाज र त्यो रोदन त घट्यो। तर त्यसपछि धेरै जना कहिल्यै यस संसारमा नफर्कने गरी हराइसकेका थिए।

मर्ने त मरेर गए। बाच्नेहरू पनि निःशब्द भएका थिए। आफ्नाहरू गुमाएको पीडामा। केही विकराल र भयावह दृश्य देखेपछि धेरै जना त कैयौँ दिनसम्म अक्क न बक्क भएका थिए।

पार्क जी सुन आफ्नी आमाको साथमा सियोलमा घुमी रहेका थिए। उनले आफ्नी बहिनीबाट इत्तेवानमा हलोवान पार्टीको निम्तो पाए। त्यसपछि उनीहरू त्यहाँ गएका थिए। त्यहाँ उनी आफ्नो बहिनी बचाउन त लागे। त्यसै समयमा आमा पछाडि छलिएकी थिइन्। त्यसपछि उनले फोक्सोमा दबाब हुने गरी केही हावा खुकुलो बनाई दिइन। दायाँका मान्छेलाई धकेलेर एउटा खाली स्थान बनाएकै कारण उनले सास फेर्न सकेकी थिइन्।

त्यसपछि उनी आफ्नो बहिनीको खोजी गर्न यत्रतत्र भौँतारिएका थिए। चोक र अस्पताल धाउँदा बहिनी फेला नपरेपछि उनको हात गोडा फर्लक्क गलेका थिए। अन्तिममा प्रहरीलेसमेत चिहान घरमा गएर खोजी गर्न भनेका थिए।

उनका लागि त्यस समयमा संसार नै खसेको जस्तो महसुस भएको थियो। एकाएक रात परेको जस्तै महसुस भएको थियो। धेरै जीवित र उनीहरूका आफन्तहरूले त्यो रात कसरी दुर्घटना भएको हो भन्ने कुराको खोजी गरी रहेका थिए।

धेरै जना एउटै कुरामा सहमत छन्। स्थानीय सरकार त्यस भिड नियन्त्रणका लागि असफल भएको कुराले उनीहरूलाई सताइ रहेको थियो। भिडले त्यो दर्दनाक अवस्था र भयावह अवस्था निम्त्याउनु अघि विकराल अवस्थाका बारे आएका सन्देशलाई समेत प्रहरीले बेवास्ता गरेको थियो। त्यसपछि अत्यावश्यक सेवा उपलब्ध गराउनसमेत त्यहाँका सरोकारवाला निकायले कुनै चासो दिएका थिएनन्।

२३ प्रहरी अधिकृत तथा स्थानीय अधिकारीलाई असहयोगी तथा बेवास्ता गरेका कारण अपराध मुद्दा लगाइएको छ। धेरैको अनुसन्धान र सुनुवाइ जारी भए पनि जागिरमा भने यथावतै छन्। धेरै वरिष्ठ राजनीतिज्ञ, आन्तरिक मामला मन्त्री, सियोलमा मेयर तथा राष्ट्रिय प्रहरी एजेन्सीले भने सफाइ पाइसकेका छन्।

पार्क जी सङको चाहना भने यस घटनाको पूर्ण छानबिन हुनुपर्छ। अर्को स्वतन्त्र छानबिन समिति बनाएर सुरुवातदेखि नै छानबिनको प्रक्रिया सुरु भएर तथ्य बाहिर आउनु पर्ने माग धेरै पीडित तथा उनीहरूको परिवारको छ। सरकारी अधिकारीले सरी भनेरै सबै कुरा टार्ने गरेको पार्कको अनुभव छ।

दुर्घटनापछि सरकारले पीडितहरूलाई काउन्सीलीङ गर्नका लागि ट्रमाको व्यवस्था गरेको थियो। जीले साताको एक पटक सहयोग पाउने सन्देश पाएका थिए। तथापि त्यो काम पनि सरकारले गरेन। उनलाई त अहिले सरकारप्रति नै विश्वास लाग्न छाडिसकेको छ।
त्यसै घटनामा मुस्किलले बाँचेका १६ वर्षीय लीजे हुनका लागि त्यस घटनाको ट्रमा साँच्चै सहनै कठिन भयो। उनी आफ्नो सबै भन्दा मिल्ने साथी र गर्ल फ्रेन्डको बिचमा भिडमा हराइरहेका थिए। सास फेर्न बन्द हुने अवस्था अघिसम्म उनको देहावसान भएको दृश्य उनले आफ्नै आँखाले देखेका थिए।

अस्पतालबाट आफ्नो मिल्ने साथी र प्रेमिकाको शव एकै पटक बाहिर निकालिएको थियो। दुई युवाको ज्यान यसरी गएको दृश्यले उनलाई बारम्बार झस्काइ रहेको थियो।

यो पीडा सहन नसकेर उनले ४३ दिनपछि आफ्नै ज्यान गुमाए। उनकी आमा सङ जी हङले बताए अनुसार त्यो दुर्घटनापछि उनको अवस्था नै फरक भएको थियो। त्यस घटना अघि एकदमै बोली रहने उनी त्यस दुर्घटनापछि कसैसँग नबोल्ने भएका थिए।

हाये जिनको अर्को दुःख छ। उनले आफ्नो छोरा गुमाएकी छिन्। उनलाई सो दुर्घटना पछि पनि अधिकारीले जिम्मेवारी बहन गर्न हिचकिचाइ रहेको गुनासो छ।

उनका लागि छोरा बचाउन नसकेको जत्ति दुःख छ। सरकारप्रति गुनासो र आक्रोश पनि त्यत्तिकै छ। सोही समयमा उनले सरकार नै अत्यन्त गैर जिम्मेवार भएको आरोप समेत लगाउँदै आएकी छिन्।

क्योङ ह्योन विश्वविद्यालय मेडिकल सेन्टरका साइकोथेरापिस्ट पाइक वङ वोले राजनीतिज्ञ र सरकारको लापरबाहीका कारण त्यो घटनाका पीडितहरू फेरि पुरानो जीवनमा फर्कन कठिनाइ भइरहेको बताउँछन्। उनीहरूलाई मानसिक रूपले दरिलो बनाउन दिनुपर्ने प्रेरणा दिन नसकेको गुनासो गर्छन्।

सबै कुरा नसकेको तथा सुरक्षित समाजको अवस्था अझै रहेको उनीहरूलाई भान गराउनु पर्ने उनको अनुभव छ। घटनापछि सबै स्थानीय अधिकारी र सरोकार वाला एक वक्तव्यको भरमा पन्छन खोजेको आरोप अन्य धेरैको छ।

त्यहाँ भएको सिसिटिभीलाई बे वास्ता गरिएको तथा ५० मिटरको दुरीबाट भिड भिड्दै गएका कारण दुर्घटना हुनसक्ने विषयमा प्रहरीलाई जानकारी गराइएको कुरा अहिले खुल्न आएको छ। त्यसै जिल्लाका अधिकारी भने कुनै सञ्चार माध्यमसँग यस विषयमा केही बोल्न नै चाहँदैनन्।

विगतको दुखद अनुभवका कारण यस वर्ष केही फरक हुने भएको छ। धेरै बार र क्लबले पार्टी आयोजना नगर्ने कुरा गरीरहेका छन्। ली ज्युसु होन यस पटक पनि उपस्थित हुने विचारमा छिन्। गत वर्ष सोही दुर्घटनापछि उनले दुई महिना अस्पतालमा बिताएकी थिइन्। हरेक वर्ष सो कार्यक्रम मनाइन्छ। तर गत वर्ष भएको दुर्घटनाको घाउबाट मुक्ति पाउन कोरियाले लामो समय कुर्नै पर्ने छ।
स्रोतः बीबीसी

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ८ : १२ बजे

अर्थसंक्षेप : सहकारीपीडितको बचत फिर्तागर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, कैलालीमा दुई सय ८९ उद्योग बन्द

काठमाडौं – काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा गरिरहेको फटपाथ विस्तार कार्यलाई

साङ्ग्रिला होटलका संस्थापक श्यामबहादुर पाण्डेको निधन

काठमाडौं– साङ्ग्रिला होटलका संस्थापक तथा वरिष्ठ पर्यटन व्यवसायी श्यामबहादुर पाण्डेको

पाकिस्तानको बलुचिस्तानमा हैजाको प्रकोप

काठमाडौँ– पाकिस्तानको बलुचिस्तानमा हैजाको प्रकोप देखिएको छ । बलोचिस्तानको दिर

मंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न

काठमाडौँ– मंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको

अजुई हाङ राईले चुमे पहिलो ‘शेफ नेपाल’को उपाधि

काठमाडौं- नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को उपाधि अजुई