भलिबल खेलाडी चोखाललाई नगदसहित सम्मान | Khabarhub Khabarhub

भलिबल खेलाडी चोखाललाई नगदसहित सम्मान


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको क्लबले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ ।

बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी हुन् । अमेरिकाको बाल्टीमोर राज्यमा रहेको बेलमोन्ट भलिबल क्लबले चोखाललाई पुरस्कृत र सम्मानित गरेको हो ।

क्लबका प्रतिनिधि रोशन सुवेदीले आइतबार घतानमा चोखाललाई नगद र सम्मानपत्र हस्तान्तरण गरे । चोखाल गण्डकीको टिममा सेटरको भूमिकामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आइका छन् ।

उनले आफ्नो व्यक्तिगततर्फबाट नेप्टेचौरको युवा क्लबलाई दुई थान भलिबलसहित ७२ हजार मूल्य बराबरको खेल सामग्री पनि उपलब्ध गराएका छन्।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १२ : ०१ बजे

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट

फणिराज पाठकले भने : पूर्वराजालाई नजरबन्द गरिएको समाचार झुठो हो

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार