राष्ट्रसङ्घका महासचिव गुटेरेस पोखरामा | Khabarhub Khabarhub

राष्ट्रसङ्घका महासचिव गुटेरेस पोखरामा


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

गण्डकी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुगेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेस नेपाली सेनाको विशेष विमानमार्फत पोखरा आएका हुन् ।

गुटेरेस सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण भएको हो । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले स्वागत गरे ।

विमानस्थल परिसरमा पोखरेलीका तर्फबाट विभिन्न जातजातिका झाँकीमार्फत गुटेरेसको स्वागत गरिएको थियो । गुटेरेसले स्वागतमा उभिएका पोखरेलीलाई गाडी भित्रैबाट हात हल्लाएर अभिवादन गरेका थिए ।

महासचिव गुटेरेस विमानस्थलबाट गाडीमार्फत सिधै लेकसाइस्थित फिस्टेल होटेलमा गए। उनी आज पोखरा बस्ने र मङ्गलबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ३ : ०७ बजे

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र

सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन