मुलुकभरको सडक मर्मत गर्ने काम सुरु : यातायातमन्त्री ज्वाला « Khabarhub

मुलुकभरको सडक मर्मत गर्ने काम सुरु : यातायातमन्त्री ज्वाला


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकभरको सडकलाई मर्मत गर्ने काम सुरु गरिसकेको जानकारी दिएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा मन्त्री ज्वालाले बर्षायामपछि सडकलाई मर्मत गर्ने भनिएपछि दशैँका कारण केही ढिलाई हुन गएकाले अव मुलुकभरको सडकलाई मर्मत गर्ने काम सुरु गरिसकेको जानकारी दिएका हुन् ।

तिहार अघि नै सम्पूर्ण सडक सञ्जालको मर्मत कार्यसम्पन्न हुने उनले बताए । उनले मुग्लीङ पोखरा, नागढुङ्गा लगायतका सडकलाई प्राथमिकताका साथ अघि बढाइएको धारणा राखे । सडकको स्तरोन्नतिका क्रममा केही समस्या आएपनि त्यसलाई हल गर्दै व्यवस्थित रुपमा अघि बढाइने उनले बताए । उनले चाडपर्वका बेला सहज रुपमा आवातजावतका लागि आवश्यक निर्देशन दिएको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरूले समयमा नै सडक निर्माण नगर्ने ठेकेदारलाई कारवाही गर्नुपर्नेमा जोड दिएका थिए । समिति सदस्य प्रदीप पौडेलले वर्षौँसम्म पनि एउटा पनि आयोजना सम्पन्न नहुँदा त्यसको प्रभाव धेरै देखिएपनि सरोकारवाला गम्भीर हुन नसकेको बताए । उनले तोकिएको आयोजना समयमा नै नसकिँदा म्याद थप्ने काम बन्द गर्नुपर्ने जिकिर गरे ।

अन्य समिति सदस्यहरूले चक्रपथ सुधार आयोजनालाई छिटो भन्दा छिटो अघि बढाउनुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ३ : १५ बजे

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश