भारतले कतार हिरासतमा रहेका आठ भारतीयको सुरक्षित रिहाइको प्रयास गर्ने « Khabarhub

भारतले कतार हिरासतमा रहेका आठ भारतीयको सुरक्षित रिहाइको प्रयास गर्ने


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतीय विदेशमन्त्री एस जयशङ्करले कतारमा हिरासतमा रहेका आठ भारतीयका परिवारसँग भेटेर उनीहरूको रिहाइका लागि सबै प्रयास गरिने आश्वासन दिएका छन् । सरकारले उक्त विषयलाई उच्च महत्व दिएको भन्दै उनले यस सम्बन्धमा परिवारहरूसँग निकटताका साथ समन्वय गर्ने बताए । 

‘आज बिहान कतारमा हिरासतमा लिइएका आठ भारतीय परिवारसँग भेट गरेँ, सरकारले उक्त मामिलालाई उच्च महत्व दिएकोमा जोड दियो, परिवारसँग चिन्ता र पीडा बाँडे, सरकारले उनीहरूको रिहाइका लागि सम्पूर्ण प्रयास जारी राख्ने बताएँ, सो सम्बन्धमा परिवारहरूसँग निकटताका साथ समन्वय गरिनेछ’, विदेशमन्त्री जयशङ्करले एक्समा भने।

कतारको फर्स्ट इन्सटेन्स अदालतले दोहामा हिरासतमा लिइएका आठ पूर्वसैनिक अधिकारीहरूलाई मृत्युदण्डको फैसला सुनाएपछि विदेशमन्त्रीको सो भनाइ आएको हो । यसअघि भारतीय विदेश मन्त्रालयले कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भन्दै विस्तृत फैसलाको प्रतीक्षा गरिरहेको बताएको थियो ।

नयाँ दिल्लीले आठ भारतीयलाई कन्सुलर पहुँच प्रदान गरेको थियो । साथै उनीहरूको रिहाइका लागि काम समेत गरिरहेको थियो । 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ३ : ३६ बजे

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले