बेइजिङद्वारा उच्च वायु प्रदूषण नियन्त्रणका लागि चेतावनी जारी « Khabarhub

बेइजिङद्वारा उच्च वायु प्रदूषण नियन्त्रणका लागि चेतावनी जारी


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– बेइजिङका अधिकारीहरूले उच्च वायु प्रदुषण नियन्त्रणका लागि सोमबारदेखि अरेन्ज अलर्ट जारी गरेका छन् । बेइजिङको चेतावनी प्रणालीमा दोस्रो सबैभन्दा ठूलो अरेन्ज अलर्ट सहरमा लगातार दुई दिनसम्म गम्भीर वा लगातार दिनसम्म मध्यम वायु प्रदूषण हुँदा जारी गरिन्छ । 

मङ्गलबारदेखि बिहीबारसम्म आपतकालीन प्रतिक्रिया उपायहरूको शृङ्खला लागू गरिनेछ जसमा व्यापक प्रदूषण फैलाउने सवारी साधनमाथि अनिवार्य यातायात प्रतिबन्ध लगाइने छ । 

बेइजिङ म्युनिसिपल इकोलोजी एन्ड इन्भाइरोन्मेन्ट ब्युरोले बालबालिका, वृद्ध, हृदय वा दीर्घ स्वास्थ्य समस्याबाट पीडित मानिसलाई घरभित्रै बस्न र अन्य मानिसलाई बाहिरी गतिविधि कम गर्न सल्लाह दिएको छ । 

ब्युरोले प्रतिकूल मौसमका कारणले बेइजिङ र छिमेकी क्षेत्रमा धुवाँ देखिएको बताएको छ । मौसम पूर्वानुमानअनुसार बेइजिङमा वायु प्रदूषणको विद्यामान अवस्था शुक्रबार समाप्त हुने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ७ : २४ बजे

सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार