ईसीएमआरले बनायो पुरुषका लागि गर्भनिरोधक सुई | Khabarhub Khabarhub

ईसीएमआरले बनायो पुरुषका लागि गर्भनिरोधक सुई


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिकित्सा जगतमा केही दिनयता इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को एक प्रयोगले निकै चर्चा पाइरहेको छ । आईसीएमआरले पुरुषका लागि गर्भनिरोधक सुई बनाएको छ । सात वर्षसम्मको अनुसन्धानपछि आईसीएमआरको सो सुईको क्लिनिकल परीक्षण पूरा भएको हो ।

अर्थात् यो सुईले प्रयोगको अनुमति पाएको छ । यो सुईको कुनै साइड इफेक्ट नभएको दाबी आईसीएमआरको छ । यो सुईको नाम रिभर्सिबल इनहिबिशन अफ स्पर्म अन्डर गाइडेन्स राखिएको छ । 

क्लिनिकल परीक्षणमा २५ वर्षदेखि ४० वर्षबीचका ३०३ जना स्वस्थ अनि सेक्सुअली एक्टिभ विवाहित पुरुष र तिनका पत्नीलाई समावेश गरिएको थियो ।
यी जोडीलाई भ्यासेक्टोमी वा स्केल्पल भ्यासेक्टोमीको आवश्यकता थियो । तर भ्यासेक्टोमी नगरी परीक्षणमा सहभागी पुरुषलाई ६० एमजी रिभर्सिबल इनहिबिशन अफ स्पर्म अन्डर गाइडेन्स इन्जेक्ट गरियो ।

सुई गर्भधारण रोक्न ९९ दशमलव शून्य २ प्रतिशत प्रभावकारी भेटियो । एजुस्पर्मिया अर्थात् स्पर्म निष्कासनमा अवरोध गर्ने मामिलामा भने यो ९७ दशमलव ३ प्रतिशत प्रभावकारी पाइयो । यो गर्भनिरोधको सबैभन्दा प्रभावकारी विकल्प भएको अनि यसको साइड इफेक्ट पनि नरहेको आईसीएमआरले बताएको छ । 

एक पटक यो सुई लगाउँदा १३ वर्षसम्म गर्भधारण रोक्न मद्दत मिल्ने बताइएको छ । परीक्षणको नतिजा गएको महिना एन्ड्रोलोजी जर्नलमा प्रकाशित भइसकेको छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ७ : ४६ बजे

चन्द्रविनायक तथा भैरवनाथ जात्रा सकियो

काठमाडौं – चन्द्रविनायक तथा भैरवनाथ जात्रा अमालकोट कचहरीका द्वारेले अबिर

रूसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि

मस्को – रूसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको सङ्ख्या

नेपाल सुपर लिग : लुम्बिनी एफसीविरुद्ध धनगढीको जित

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको

फिफा वरियतामा नेपाल दुई स्थान तल झर्‍यो

काठमाडौं – फिफा वरियतामा नेपाल दुई स्थान तल झरेको छ

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने

कर्णाली – कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी