तनहुँमा ५३ ग्राहकका विद्युत् लाइन काटियो | Khabarhub Khabarhub

तनहुँमा ५३ ग्राहकका विद्युत् लाइन काटियो


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तनहुँ – विद्युत् प्राधिकारण तनहुँ वितरण केन्द्रले ६० दिनसम्म विद्युत् महसुल नबुझाएका ग्राहकहरुको धमाधम विद्युत् लाइन काट्न सुरु गरेको छ । आइतबार र सोेमबार गरी दुई दिनमा ५३ ग्राहकको विद्युत् लाइन काटेको केन्द्रले जनाएको छ ।

ग्राहकबाट रु १० लाख ६१ हजार १० महसुल सङ्कलन हुनपर्ने देखिएको केन्द्रका सूचना अधिकारी डम्बरबहादुर श्रेष्ठले जानकारी दिए । उक्त लाइन काटिएकामध्ये ३४ जना ग्राहकले रकम बुझाएर पुनः लाइन जडान गरेका छन् । उनले भने, “लाइन काटिएका ग्राहकले पुनः लाइन जडान गर्दा रु पाँच लाख तीन हजार छ सय ७८ महसुल सङ्कलन भएको छ ।”

कार्यालयले विद्युत् लाइन काट्ने अभियानलाई दैनिकरुपमा निरन्तरता दिन लागेको उनले बताए । मिटर रिडिङ गरेको ६० दिनसम्म विद्युत् महसुल नबुझाएका ग्राहकका विवरण निकाली लाइन काट्न सुरु गरेको सो केन्द्रले जनाएको छ ।

लाइन काटिएका ग्राहकले बिल रकममा २५ प्रतिशत अतिरिक्त जरिवाना तथा लाइन जोड्नका लागि दस्तुर रु आठ सय ४७ समेत बुझाउनुपर्ने प्रावधान रहेको छ ।

विद्युत् महसुल सङ्कलन विनियमावली २०७८ अनुरुप मिटर रिडिङ भएको सात दिनभित्र महसुल बुझाएमा ग्राहकले दुई प्रतिशत छुट पाउने व्यवस्था रहेको केन्द्रका कार्यालय प्रमुख विजयराज रेग्मीले जानकारी दिए ।

उनका अनुसार आठौँ दिनदेखि १५ दिनसम्म बुझाएमा बिलअनुरुप महसुल बुझाउन पाइन्छ तर जरिवाना लाग्दैन । त्यसैगरी, १६ औँ दिनदेखि ३०औँ दिनसम्म पाँच प्रतिशत, ३१औँ दिनदेखि ४०औँ दिनसम्म बुझाएमा १० प्रतिशत र ४० दिनपछि बुझाएमा २५ प्रतिशत थप दस्तुर लाग्ने व्यवस्था छ । जिल्लामा हालसम्म साठी हजारभन्दा बढी विद्युत् ग्राहक छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ९ : १५ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद्अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे

सियरा लियोनमा विषाक्त खानाको कारण १०४ जना अस्पताल भर्ना

फ्रिटाउन – सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा कुकरी पसलबाट दूषित