गुल्मीमा फरार प्रतिवादी पक्राउ « Khabarhub

गुल्मीमा फरार प्रतिवादी पक्राउ


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीमा एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालिका गाउँपालिका–७ का सुजन भन्ने ओमबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

नेपालीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सहयोगमा सन्धिखर्कबाट आइतबार पक्राउ गरिएको हो । नेपालीलाई कीर्तेसम्बन्धी कसुर र नागरिकतासम्बन्धी कसुर मुद्दामा २०७९ पुस १८ गते गुल्मी जिल्ला अदालतबाट दुई वर्ष कैद र रु १५ हजार पाँच सय ५० जरिवाना तोकिएको थियो । अदालतको फैसलापछि नेपाली फरार रहेको बताइएको छ । फरार रहेका प्रतिवादी नेपालीलाई खोजतलास गर्ने क्रममा सन्धिखर्कबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका नेपालीलाई गुल्मी जिल्ला अदालतमार्फत जिल्ला कारागार गुल्मी चलान गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन् । पक्राउ परेका नेपालीले अब दुई वर्ष गुल्मी कारागारमा कैद भुक्तानसहित रु १५ हजार पाँच सय ५० जरिवाना तिर्नु पर्नेछ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ९ : २१ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ