गुल्मीमा फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

गुल्मीमा फरार प्रतिवादी पक्राउ


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

गुल्मी – गुल्मीमा एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालिका गाउँपालिका–७ का सुजन भन्ने ओमबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

नेपालीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सहयोगमा सन्धिखर्कबाट आइतबार पक्राउ गरिएको हो । नेपालीलाई कीर्तेसम्बन्धी कसुर र नागरिकतासम्बन्धी कसुर मुद्दामा २०७९ पुस १८ गते गुल्मी जिल्ला अदालतबाट दुई वर्ष कैद र रु १५ हजार पाँच सय ५० जरिवाना तोकिएको थियो । अदालतको फैसलापछि नेपाली फरार रहेको बताइएको छ । फरार रहेका प्रतिवादी नेपालीलाई खोजतलास गर्ने क्रममा सन्धिखर्कबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका नेपालीलाई गुल्मी जिल्ला अदालतमार्फत जिल्ला कारागार गुल्मी चलान गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन् । पक्राउ परेका नेपालीले अब दुई वर्ष गुल्मी कारागारमा कैद भुक्तानसहित रु १५ हजार पाँच सय ५० जरिवाना तिर्नु पर्नेछ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ९ : २१ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु