श्रीलंकाविरुद्ध अफगानिस्तानको सानदार जित « Khabarhub

श्रीलंकाविरुद्ध अफगानिस्तानको सानदार जित


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंकाविरुद्ध अफगानिस्तानले सानदार जित दर्ता गरेको छ । श्रीलंकालाई अफगानिस्तानले सात विकेटले पराजित गर्दै अर्को महत्वपूर्ण जित दर्ता गरेको हो । यो जितसँगै अफगानिस्तानको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना बलियो बनेको छ ।

जितका लागि श्रीलंकाले दिएको २४२ रनको लक्ष्य अफगानिस्तानले ४५.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । अफगानिस्तानका लागि रहमत शाहले इब्राहिम जादरानसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । जादरान ३९ र शाह ६२ रनमा आउट भए । सुरुवात भने राम्रो रहेनन् । खाता नखोल्दै अफगानिस्तानले आफ्नो पहिलो विकेट गुमाएको थियो ।
कप्तान शाहिदीले अजमतुल्लाह मिर्जासँग अविजित १११ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए । मिर्जा ७३ र शाहिदी ५८ रनमा अविजित रहे ।

यसअघि भारतको पुनेमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा २४१ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।२२ रन जोड्दा पहिलो विकेटका रुपमा दिमुथ करुणारत्ने आउट भए । तेस्रो नम्बरमा आएका कुशल मेन्डिसले पथुम निसांकासँग ६२ र सदीरा समरविक्रमासँग ५० रनको साझेदारी गर्दै श्रीलंकाको पारी उकासे । पथुम ४६ रनमा आउट भए । श्रीलंकाका एन्जेलो म्याथु २३ र महेश थीक्षणा २९ को योगदान दिए ।

अफगानिस्तानका फजलहक फारुकीले ४ विकेट लिए । मुजिवर रहमानले २ तथा रशिद खान र अजमतुल्लाह उमरजाईले १–१ विकेट हात पारे ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  १० : ३५ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले