बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय | Khabarhub Khabarhub

बालबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय बालबालिकामा मानसिक समस्या बढ्दो क्रममा छ। स-साना कुरामा बालबालिका रिसाउने, चिढिने र गलत कदम उठाउने जस्ता क्रियाकलाप गरिरहेको पाइन्छ। बालबालिकामा यो समस्या अहिले मात्र देखिएको होइन। तर अहिले प्रविधिको प्रयोग, अभिभावकको व्यस्तता, पढाइको बोझलगायत विभिन्न कारणले बालबालिकामा मानसिक समस्या बढ्दै गएको विज्ञको भनाइ छ। कस्ता बालबालिकामा मानसिक समस्या हुन्छ ? यसको रोकथाम तथा उपचार के हुनसक्छ ? समस्या हुनै नदिन अभिभावक, विद्यालय र शिक्षकले के गर्नुपर्छ ? समस्या भइहाले कसरी उपचार हुन्छ ? यी र यस्तै विषयमा केन्द्रित भएर अनुसन्धानकर्ता एवम्  मनोचिकित्सक डा. ऋषभ कोइरालासँग खबरहबका लागि पवन मुडभरीले गरेको कुराकानीको सम्पादित अंशः

केही बालबालिकामा मानसिक सन्तुलन नै गुमाउने खालको समस्या कलिलै उमेरमा देखा पर्ने गरेको नेपाल र बाहिरी देशका विभिन्न अनुसन्धानले देखाएका छन्।

मानसिक समस्या कुन उमेर समूहका बालबालिकामा देखापर्छ ?
कुनै बच्चामा बोली फुट्नु अगाडि वा जन्मजातै पनि मानसिक समस्या हुनसक्छ। तर समस्या भएको कुरा बालबालिका १२/१३ वर्ष उमेरको भएपछि मात्र प्रष्ट रुपमा थाहा हुन्छ। कतिपय बालबालिकामा कडा खालको मानसिक रोग सानै उमेरमा पनि देखिन्छ। केही बालबालिकामा मानसिक सन्तुलन नै गुमाउने खालको समस्या कलिलै उमेरमा देखा पर्ने गरेको नेपाल र बाहिरी देशका विभिन्न अनुसन्धानले देखाएका छन्।

बालबालिकामा मानसिक समस्या भएको कसरी थाहा पाउने ?
बालबालिकालाई आफूमा भएको समस्या प्रष्ट रुपमा अभिव्यक्त गर्न समस्या हुन्छ। अझ प्रष्ट भन्दा बालबालिकाले आफ्नो समस्या भन्न सक्दैनन्। उदाहरणको रुपमा विद्यालय जान मन लागेन, केही कुरामा उसलाई डर लागिरहेको छ भने उसले पेट दुख्यो भन्ला। अरु कुरा भन्नु भन्दा उसलाई सजिलो जे लाग्छ त्यही भन्ने हुनसक्छ। त्यसरी उसले बहाना नबनाएर आफ्नो समस्या अभिव्यक्त गरेको हो। त्यो कुरालाई अभिभावकले बुझ्नु जरुरी छ। बालबालिकाले कुनै समस्या सुनायो भने त्यसलाई ध्यान दिएर सुन्नुपर्छ। उसले समस्या सुनाएपछि अरु पनि यस्ता समस्या भए मलाई भन भनेर अभिभावकले उसका कुरा धेरै सुनिदिनुपर्छ।

पहिलेका बालबालिका संयुक्त परिवार वा समाजमा हुर्किन्थे। घरमा पनि धेरै दाजुभाइ दिदीबहिनी मिलेर बस्थे। अहिले घर वा कोठाभित्र मोबाइल वा डिजिटल डिभाइसमा बढी समय बिताउँछन्। खेल्ने र रमाउने समयमा आफ्ना समस्या मनमै गुम्साएर राख्छन्। त्यसले गर्दा पछिल्लो समय बालबालिकामा मानसिक समस्या बढेको देखिन्छ।

बालबालिकामा के कारणले हुन्छ मानसिक समस्या ?
ठ्याक्कै यो कारणले हुन्छ भन्न सकिँदै। तर प्रमुख कारण सामाजिक पाटो हो। पहिलेका बालबालिका संयुक्त परिवार वा समाजमा हुर्किन्थे। घरमा पनि धेरै दाजुभाइ दिदीबहिनी मिलेर बस्थे। जसले गर्दा उनीहरुले आफ्ना अनुभव र समस्या आदानप्रदान गर्थे। अहिले पारिवारिक वातावरण, प्रविधिको विकास आदि कारणले गर्दा उनीहरु आफ्नै उमेर समूहका बालबालिकासँग घुलमिल हुन पाउँदैनन्। उनीहरु घर वा कोठाभित्र मोबाइल वा डिजिटल डिभाइसमा बढी समय बिताउँछन्। खेल्ने र रमाउने समयमा आफ्ना समस्या मनमै गुम्साएर राख्छन्। त्यसले गर्दा पछिल्लो समय बालबालिकामा मानसिक समस्या बढेको हो भन्ने देखिन्छ।

बालबालिकालाई सामाजिक बनाउन के गर्ने ?
पहिलो कुरा त अभिभावकले समय दिनुपर्छ। उनीहरुसँग कुरा गर्ने, उनीहरुका भावना बुझिदिने उनीहरुले भन्न खोजिरहेको कुरालाई समय लगाएर सुनिदिनुपर्छ। उनीहरुकै सोचाई, उनीहरुकै भावना अनुसारसँगसँगै बसेर खेल्ने र काम गर्ने गर्नुपर्छ।

मानसिक समस्या अन्य सामान्य रोग जस्तै सानो समस्या हो भनेर अभिभावकले पनि बुझ्नुपर्छ। सुरुवाती चरणमा थेरापीकै माध्यमबाट यसको उपचार गर्न सकिन्छ।

समस्या भइसकेपछि उपचार विधि के छ ?
सबैभन्दा पहिला त समस्या कस्तो हो भनेर बुझ्नुपर्छ। समस्या बुझेर मात्रै उपचार गर्ने हो। सुरुमा औषधिको प्रयोग नगरी थेरापीको माध्यमबाट उपचार गर्न सकिन्छ। यसको लागि कान्ति बाल अस्पतालमा एउटा युनिटले नै काम गरिरहेको छ। त्यस्तै अन्य ठाउँमा पनि यो खालका सुविधा छन्। अन्य शारीरिक समस्या जस्तै यो पनि उपचार गर्दा निको हुने समस्या हो। मानसिक समस्या अन्य सामान्य रोग जस्तै सानो समस्या हो भनेर अभिभावकले पनि बुझ्नुपर्छ। सुरुवाती चरणमा थेरापीकै माध्यमबाट यसको उपचार गर्न सकिन्छ।

मनसिक समस्याबाट बालबालिकालाई बचाउन के कुरामा ध्यान दिनु आवश्यक छ ?
मानसिक समस्याबाट बालबालिकालाई ढाटा राख्न गर्भावस्थादेखि नै ख्याल गर्नु आवश्यक छ। गर्भवतीको खानपानले पनि शिशुलाई असर गर्छ। गर्भवतीले मदिरा सेवन गरेको छ भने बालबालिकामा जन्मजातै मानसिक समस्याहरु आउन सक्छ। त्यसैले सकेसम्म गर्भवती आमाले गलत क्रियाकलाप गर्नु हुँदैन। बच्चा जन्मिएपछि पनि समाजमै हुर्काउने वातावरण तयार गर्नुपर्छ। समाजमा घुलमिल भएर बालबालिकालाई हुर्काउन सकियो भने यो समस्यामा कमी आउनसक्छ।

मनसिक समस्या वंशाणुगत समस्या हो ?
मनसिक समस्यामा वंशाणुगत पनि देखिएको छ। घरपरिवारमा कसैलाई यस्तो समस्या छ र उसको उपचार गरिएको छैन भने त्यसको प्रत्यक्ष प्रभाव बालबालिकामा पर्ने गर्दछ।

धेरै खालका मानसिक समस्या विद्यालयबाटै पनि सुरु हुन्छन्। शिक्षकले गर्ने व्यवहारबाट पनि बालबालिका तर्सिने हुनसक्छन्। त्यसैले विद्यालयमा शिक्षकले पनि बालबालिकाको मनोभाव बुझेर त्यहि अनुसारको व्यवहार गर्नुपर्छ।

बालबालिकालाई मानसिक समस्याबाट टाढा राख्न अभिभावक, विद्यालय र शिक्षकको भूमिका के हुन्छ ?
बालबालिकाले अहिले घरमा भन्दा बढी समय विद्यालयमा बिताउँछन्। उनीहरुलाई कस्तो बनाउने भन्ने जिम्मेवारी अभिभावक, विद्यालय र शिक्षकको बराबरी हुन्छ। धेरै खालका मानसिक समस्या विद्यालयबाटै पनि सुरु हुन्छन्। शिक्षकले गर्ने व्यवहारबाट पनि बालबालिका तर्सिने हुनसक्छन्। त्यसैले विद्यालयमा शिक्षकले पनि बालबालिकाको मनोभाव बुझेर त्यहि अनुसारको व्यवहार गर्नुपर्छ। संवेदनशील विषयलाई त्यही ढंगले बुझाउने र विद्यार्थीसँग साथीको जस्तै व्यवहार गरेर समस्या सुन्न सक्नुपर्छ। त्यसले विद्यालयमा बालबालिकामा हुने मानसिक दबाबलाई कम गर्न सकिन्छ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ७ : ०४ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ