नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आजदेखि सुरु हुँदै | Khabarhub Khabarhub

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आजदेखि सुरु हुँदै


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२३ आजदेखि काठमाडौँमा सुरु हुँदैछ । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा मेला सुरु हुन लागेको हो ।

मेलामा २ सय १० वटा स्टलमार्फत स्वदेशी र विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने महासंघले जनाएको छ ।

महासंघका अनुसार मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ वटा स्टल रहने छन् ।

मेलामा चीनको गान्छु प्रदेशबाट १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यापारिक प्रतिनिधिमण्डलबीच कृषि, जडीबूटी, औषधि, हस्तकलाका वस्तुका विषयमा वृहत छलफल हुनेछ ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यापार मेलाले पछिल्लो समय सुस्त हुँदै गएको आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा रहेको बताए ।

व्यापार मेला नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने एक माध्यम बन्दै गएको उनको भनाइ छ ।

कोभिड–१९ का कारण केही वर्ष व्यापार मेला रोकिएको थियो । मेला मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।

 

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  १० : २४ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको