दूध बिक्री नभएपछि किसान चिन्तित « Khabarhub

दूध बिक्री नभएपछि किसान चिन्तित


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखामा उत्पादित दूध बिक्री नभएपछि स्थानीय किसान चिन्तित भएका छन् । स्थानीयस्तरमा उत्पादित दूधले बजार नपाएर खेर फाल्नु परेपछि किसान समस्यामा परेका हुन् ।

गोरखा नगरपालिका–९, स्थित जयगोरखकाली एग्रो एण्ड डेरी फार्मले उत्पादन गर्दै आएको दुई सय लिटर दूधले बिक्री नभए पछि फाल्नु परेको फार्म सञ्चालक भीमसेन बस्नेतले बताए ।

फार्ममा दैनिक चारसय लिटर दूध उत्पादन गर्दै आएको भए पनि प्रत्येक दिन आधाजसो दूध गाईलाई खुवाउनुपर्ने अवस्था रहेको उनले दुखेसो छ ।

उनले भने, सदरमुकामसमेत जिल्लाभित्रका मुख्य बजारमा बाहिर जिल्लाबाट दूध आयात हुन्छ, हामी स्थानीय किसानले उत्पादन गरेको दूध बिक्री नभएपछि गाईलाई खुवाउनु परेको छ ।’

उनले उत्पादन भएकोमध्ये करिब दुई सय लिटर दूध भने गोरखा बजार क्षेत्रमा घरघरमा पुर्‍याएर दैनिक बिक्री गर्ने गरेको जानकारी दिए । किसान बस्नेतले भने, ‘‘‘बाँकी आधा भन्दाबढी दूध बिक्री नभएपछि कि त गाईलाई खुवाउनुपर्छ छ कि फ्याक्नुपर्ने अवस्था छ ।’ उत्पादित दूधले बजारमा पाए मासिक साढे दुई लाखभन्दा बढी आम्दानी हुने उनको भनाइ छ ।

दैनिक चारसय लिटर दूध राम्रोसँग बिक्री भए दैनिक २६ हजारको कारोबार हुने उनको भनाइ छ । उनले बिक्री नभएको दूध राख्न ठूला चिस्यान केन्द्र नहुँदा बिक्री नहुने बित्तिकै खेर फाल्नुपर्ने अवस्था रहेको बताए ।

फर्मबाट दैनिक एक हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य रहेको उनको भनाइ छ । अहिले दुहुना बाहेक पनि ५४ वटा कोरली गाई ब्याउने रहेको बस्नेतले बताए ।

गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले स्थानीय उत्पादनको बजारीकरणका लागि नगरपालिका आवश्यक पहल गरिरहेको बताए ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  १ : ३७ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक