‘कबिर सिंह’ मा निर्देशकको पहिलो रोजाइमा थिएनन् साहिद « Khabarhub

‘कबिर सिंह’ मा निर्देशकको पहिलो रोजाइमा थिएनन् साहिद


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘कबिर सिंह’ सन् २०१९ को बलिउडको ‘सुपर हिट’ फिल्म हो । तेलुगु भाषामा बनेको ‘अर्जनु रेड्डी’ को हिन्दी रिमेक ‘कबिर सिंह’ ले नायक साहिद कपुरलाई पुनः बलिउडमा चर्चामा ल्यायो । त्यसअघिका उनका केही फिल्महरु लगातार ‘फ्ल्प’ भएका थिए । तर, यस फिल्मले साहिदको परिचय नै फेरेको थियो ।

कबिर सिंहमा साहिदको अभिनय उत्कृष्ट थियो । आजको दिनमा उनीबाहेक अन्य नायकलाई कबिरको भूमिकामा कमैले देख्न चाहन्छन् । उनका फ्यानहरुको भनाइ छ– कबिरको भूमिकामा साहिद जत्तिको सुहाउँदो नायक अरु कोही हुनै सक्दैन ।

विजय देवरकोन्डा र शालिनी पाण्डेयाको मुख्य भूमिका रहेको ‘अर्जुन रेड्डी’ ले दक्षिण भारतमा राम्रो चर्चा कमाएपछि निर्देशक सन्दीप भंगालाई हिन्दी भाषामा रिमेक गर्न धेरै प्रस्ताव आएको थियो । उनले हिन्दी भाषामा कबिर सिंह बनाए तर यस फिल्ममा साहिद आफ्नो रोजाइको पहिलो रोजाइको नायक भने नभएको उनले खुलासा गरेका छन् ।

कबिरको खोजी

फिल्ममा कबिरको भूमिका ‘एङ्ग्री बोई’ को छ । साहिदले उक्त पात्रलाई अभिनयमा न्याय पनि गरेका छन् । सोही कारण यस फिल्मले बक्स अफिस कलेक्सनबाटै चार सय करोड कमायो ।

हिन्दी रिमेक बनाउने तय भएपछि निर्देशक सन्दीप नायकको खोजीमा थिए । पहिलो रोजाइमा साहिद थिएनन् । उनी रणवीर कपुरलाई कबिर सिंहमा लिन चाहन्थे । भेटेर फिल्मको अफर गरे तर रणवीरले फिल्म खेल्न अस्वीकार गरे ।

यसबारे सन्दीप भन्छन्– साच्चिकै भन्दा म रणवीरलाई लिन चाहन्थेँ । तर रणवीरले फिल्म खेल्न मानेनन् । उनले ‘डार्क क्यारेक्टर’ भनेर फिल्म अस्वीकार गरे ।

रणवीरले फिल्म अस्वीकार गरेपछि साहिद अनुबन्ध भएका हुन् ।

साहिद अनुबन्ध गर्न जोखिम

जब सन्दीपले साहिदलाई अनुबन्धन गर्नेमा अलमल थिए, त्यसबेला साहिदको ‘बक्स अफिस कलेक्सन’ राम्रो थिएन । उनको फिल्मले बढीमा ६५ करोडको व्यापार गरेको अवस्था थियो । त्यही पनि सन्दीपले उनलाई फिल्ममा लिन जोखिम मोले ।

सन्दीप स्मरण गर्छन्– मैले साहिदलाई लिन्छु भन्दा साथीहरुले तेलुगु फिल्म नै साहिदको बराबरी कमाइ गरिरहेको छ भने किन उसलाई लिने ? रणवीरलाई फिल्ममा लिँदा राम्रो हुन्छ, उसको फिल्मको व्यापार राम्रो छ भनेका थिए ।

तर, साहिदप्रति आफूलाई पूर्ण भरोसा भएका कारण फिल्ममा लिएको सन्दीपको भनाइ छ । नभन्दै साहिदको अभिनयले दर्शकलाई हलसम्म तान्यो र फिल्मले राम्रो व्यापार पनि गर्‍यो । यही फिल्मबाट साहिदले ‘बेस्ट लिडिङ एक्टर अफ द इएर’ अवार्ड पनि जितेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  २ : २१ बजे

अवरोध हटे पाँच वर्षमा वस्तु तथा सेवा निर्यात ११२ प्रतिशत बढ्ने

काठमाडौँ– नेपालबाट हुने वस्तु तथा सेवा निर्यातका प्रमुख अवरोध हटाउन

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र