‘कबिर सिंह’ मा निर्देशकको पहिलो रोजाइमा थिएनन् साहिद « Khabarhub

‘कबिर सिंह’ मा निर्देशकको पहिलो रोजाइमा थिएनन् साहिद


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘कबिर सिंह’ सन् २०१९ को बलिउडको ‘सुपर हिट’ फिल्म हो । तेलुगु भाषामा बनेको ‘अर्जनु रेड्डी’ को हिन्दी रिमेक ‘कबिर सिंह’ ले नायक साहिद कपुरलाई पुनः बलिउडमा चर्चामा ल्यायो । त्यसअघिका उनका केही फिल्महरु लगातार ‘फ्ल्प’ भएका थिए । तर, यस फिल्मले साहिदको परिचय नै फेरेको थियो ।

कबिर सिंहमा साहिदको अभिनय उत्कृष्ट थियो । आजको दिनमा उनीबाहेक अन्य नायकलाई कबिरको भूमिकामा कमैले देख्न चाहन्छन् । उनका फ्यानहरुको भनाइ छ– कबिरको भूमिकामा साहिद जत्तिको सुहाउँदो नायक अरु कोही हुनै सक्दैन ।

विजय देवरकोन्डा र शालिनी पाण्डेयाको मुख्य भूमिका रहेको ‘अर्जुन रेड्डी’ ले दक्षिण भारतमा राम्रो चर्चा कमाएपछि निर्देशक सन्दीप भंगालाई हिन्दी भाषामा रिमेक गर्न धेरै प्रस्ताव आएको थियो । उनले हिन्दी भाषामा कबिर सिंह बनाए तर यस फिल्ममा साहिद आफ्नो रोजाइको पहिलो रोजाइको नायक भने नभएको उनले खुलासा गरेका छन् ।

कबिरको खोजी

फिल्ममा कबिरको भूमिका ‘एङ्ग्री बोई’ को छ । साहिदले उक्त पात्रलाई अभिनयमा न्याय पनि गरेका छन् । सोही कारण यस फिल्मले बक्स अफिस कलेक्सनबाटै चार सय करोड कमायो ।

हिन्दी रिमेक बनाउने तय भएपछि निर्देशक सन्दीप नायकको खोजीमा थिए । पहिलो रोजाइमा साहिद थिएनन् । उनी रणवीर कपुरलाई कबिर सिंहमा लिन चाहन्थे । भेटेर फिल्मको अफर गरे तर रणवीरले फिल्म खेल्न अस्वीकार गरे ।

यसबारे सन्दीप भन्छन्– साच्चिकै भन्दा म रणवीरलाई लिन चाहन्थेँ । तर रणवीरले फिल्म खेल्न मानेनन् । उनले ‘डार्क क्यारेक्टर’ भनेर फिल्म अस्वीकार गरे ।

रणवीरले फिल्म अस्वीकार गरेपछि साहिद अनुबन्ध भएका हुन् ।

साहिद अनुबन्ध गर्न जोखिम

जब सन्दीपले साहिदलाई अनुबन्धन गर्नेमा अलमल थिए, त्यसबेला साहिदको ‘बक्स अफिस कलेक्सन’ राम्रो थिएन । उनको फिल्मले बढीमा ६५ करोडको व्यापार गरेको अवस्था थियो । त्यही पनि सन्दीपले उनलाई फिल्ममा लिन जोखिम मोले ।

सन्दीप स्मरण गर्छन्– मैले साहिदलाई लिन्छु भन्दा साथीहरुले तेलुगु फिल्म नै साहिदको बराबरी कमाइ गरिरहेको छ भने किन उसलाई लिने ? रणवीरलाई फिल्ममा लिँदा राम्रो हुन्छ, उसको फिल्मको व्यापार राम्रो छ भनेका थिए ।

तर, साहिदप्रति आफूलाई पूर्ण भरोसा भएका कारण फिल्ममा लिएको सन्दीपको भनाइ छ । नभन्दै साहिदको अभिनयले दर्शकलाई हलसम्म तान्यो र फिल्मले राम्रो व्यापार पनि गर्‍यो । यही फिल्मबाट साहिदले ‘बेस्ट लिडिङ एक्टर अफ द इएर’ अवार्ड पनि जितेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  २ : २१ बजे

साउदी अरब नेतृत्वको आक्रमणबाट यमनमा कम्तीमा ८० पृथकतावादीको मृत्यु

एडेन, यमन – यमनको पृथकतावादी दक्षिणी सङ्क्रमणकालीन परिषद् (एसटिसी)का कम्तिमा

२२ वर्षपछि विद्वत समिति गठन गर्दै भूमि व्यवस्था मन्त्रालय

काठमाडौं – गुठी संस्थान ऐन, २०३३ मा भएको व्यवस्थाअनुसार २२

टी–२० महिला विश्वकप छनोटः इन्दुको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडाैं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला टी–२० विश्वकप

भीमफेदीमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका—६ जुरीखेतस्थित

नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहाल दिल्लीमा

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल