नेकपा एसका बैतडी इन्चार्ज र जिल्ला अध्यक्ष एमालेमा फर्किए, टीका लगाएर ओलीले गरे स्वागत « Khabarhub

नेकपा एसका बैतडी इन्चार्ज र जिल्ला अध्यक्ष एमालेमा फर्किए, टीका लगाएर ओलीले गरे स्वागत


१४ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका बैतडी इन्चार्ज र जिल्ला अध्यक्षलगायत नेताहरु नेकपा एमालेमा फर्किएका छन् ।

एमालेले आजबाट सुरु गरेको मध्यपहाडी राजमार्ग पदयात्राको क्रममा आज बैतडीमा आयोजित सभाबाट नेकपा एसका जिल्ला नेताहरू एमालेमा फर्किएका हुन् ।

बैतडीको गोठलापानीमा आयोजना गरिएको आमसभामा नेकपा एसका केन्द्रीय सदस्य एवम् बैतडी इन्चार्ज नरेन्द्र विष्ट, जिल्ला अध्यक्ष महादेव भट्ट, जिल्ला नेतृहरू पार्वती भट्ट र चमनकुमार भण्डारीसहितका नेता एमालेमा फर्किएका हुन ।

यसैगरी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सरस्वती कोली र नेपाल दलित संघको अध्यक्षसमेत रहिसकेका रमेश कोली पनि एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले टीका लगाएर उनीहरूलाइ पार्टीमा स्वागत गरेका छन । जिल्ला इन्चार्ज, अध्यक्ष, जिल्लाका नेताहरू एमालेमा फर्किए पछि बैतडीमा नेकपा एस रित्तिएको एमालेले दावी गरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ३ : १८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया