मदिरा पिएर प्रहरीलाई कुटपिट गरेको आरोपमा बाग्लुङ कांग्रेसका क्षेत्रीय सभापति पक्राउ | Khabarhub Khabarhub

मदिरा पिएर प्रहरीलाई कुटपिट गरेको आरोपमा बाग्लुङ कांग्रेसका क्षेत्रीय सभापति पक्राउ


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

बागलुङ- मदिरा पिएर प्रहरीलाई कुटपिट गरेको आरोपमा बागलुङका नेपाली कांग्रेसका क्षेत्रीय सभापति पक्राउ परेका छन् ।

बागलुङ क्षेत्र नम्बर– १ (ख) का सभापति दलबहादुर श्रीषसहित २ जनालाई मापसे गरी प्रहरीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ गरेको हो ।

गए राती बागलुङ जैमिनी नगरपालिका–१ कुश्मिसेरा बजारमा मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार (हातपात) गरेको अभियोग प्रहरीले लगाएको छ । उनीसँगै ३५ वर्षिय निर्मल रानालाई पनि बागलुङ प्रहरीले पक्राउ गरेको छ ।

सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा मुद्दा चलाइएको बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय बागलुङबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ३ : ४४ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो