नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो « Khabarhub

नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव शून्य छ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५८ दशमलव ५३ मा सीमित भएको छ ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ८० अङ्कले ओरालो लागेर तीन सय ५६ दशमलव शून्य आठमा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज एक उपसमूहको सेयर मूल्यमा सामान्य वृद्धि हुँदा १२ उपसमूहको सेयर मूल्यमा भने गिरावट भएको छ ।

कुल ४५ लाख ९५ हजार पाँच सय ५३ कित्ता सेयर रु एक अर्ब ३२ करोड ३५ लाख १९ हजार तीन सय ५७ मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड ६७ लाख १२ हजार तीन सय बराबरको कारोबार भयो । सोनापुर मिनरल्स रु आठ करोड ४९ हजार चार सय एक, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर रु पाँच करोड १९ लाख ४९ हजार एक सय ३१, सोल्टी होटल रु चार करोड ३९ लाख ७० हजार दुई सय दुई र रिलायवल नेपाल लाइफ इन्स्योरेन्स रु तीन करोड २६ लाख ३९ हजार तीन सय ९४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार रुरु जलविद्युत् परियोजना पाँच दशमलव ६३, एनआइबीएल प्रगति फण्ड तीन दशमलव ८७, लक्ष्मी भ्याल्यू फण्ड दोस्रो तीन दशमलव ५२, एनआइसी एसिया फ्लेक्सी क्याप फण्ड तीन दशमलव ४१ र छिमेक लघुवित्तका लगानीकर्ताले तीन दशमलव ४१ प्रतिशतले कमाएका छन् ।

यस्तै विजय लघुवित्त, माउण्टेन इनर्जी र युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्म्क सर्किट लागेको छ । यस्तै सिटिजन म्युचुअल फण्ड दोस्रो आठ दशमलव ८८ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ४ : ०६ बजे

प्यूठानका छुट्टाछुट्टै खोला किनारमा भेटियो ५ जनाको शव

काठमाडौं– प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव

गगनप्रति नरम देखिएका देउवाको वक्तव्यका ७ सन्देश

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले करिब पाँच महिना लामो

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न

इरानको मृत्युदण्डविरुद्ध ३२ देश

पेरिस- इरानमा प्रदर्शनकारी तथा सरकारविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि मृत्युदण्डको प्रयोग बढेको

स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच