नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालत पाटनमा सुनुवाइ पूरा, शुक्रबार आदेश आउने « Khabarhub

नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालत पाटनमा सुनुवाइ पूरा, शुक्रबार आदेश आउने


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरुको पुनरावेदन निवेदनमाथिको सुनुवाइ पूरा भएको छ ।

न्यायाधीशहरु प्रकाश खरेल र जनक पाण्डेको इजलासले बिहीबार सुनुवाइ पूरा गरेको हो । यससँगै अदालतले शुक्रबार आदेश सुनाउने भएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लगेको आरोपमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत २० जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

काठमाडौं जिल्ला अदालतको सो आदेशविरुद्ध उनीहरुले पाटन उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । उक्त पुनरावेदनमाथिको सुनुवाइ बिहीबार पूरा भएको हो ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ५ : २० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५