सुत्केरी र शिशुको मृत्यु प्रकरण : लमजुङ अस्पतालमा तनाव « Khabarhub

सुत्केरी र शिशुको मृत्यु प्रकरण : लमजुङ अस्पतालमा तनाव


१४ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- सुत्केरी र शिशुको मृत्यु भएको घटनापछि लमजुङ अस्पतालमा तनाव उत्पन्न भएको छ । पीडितका आफन्तले अस्पतालमा तोडफोड गरेपछि प्रहरीले अश्रुग्यास र लाठिचार्ज गरेको छ । घटनामा दुई प्रहरी समेत घाइते भएका छन् ।

गत सोमबार लमजुङको मर्स्याङ्दी गाउँपालिकाकी एक जना २६ वर्षीय सुत्केरी भर्ना हुन आएकोमा सोही दिन उनले मृत शिशुलाई जन्म दिएकी थिइन् ।

थप उपचारका लागि चितवन रेफर गरेपनि उपचारकै क्रममा बुधबार उनको मृत्यु भएको थियो । यससँगै आक्रोशित आफन्तले चिकित्सकमाथि हातपात गर्नुका साथै अस्पतालमा नाराबाजी गरेका थिए ।

घटनाबारे छानबिन गर्न वार्ता समिति गठन भएपनि बिहीबार आफन्तले अस्पताल परिसरमा तोडफो गरेका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ६ : २८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको