उडानको समय परिवर्तन भएकाले ३१ यात्रु छुटे : मन्त्री किराती « Khabarhub

उडानको समय परिवर्तन भएकाले ३१ यात्रु छुटे : मन्त्री किराती


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सले उडानको समय परिवर्तन गरेकाले ३१ यात्रु छुटेको प्रष्टीकरण दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले परराष्ट्र मन्त्रालयको पत्रअनुसार प्रधानमन्त्रीको भ्रमणका कारण निर्धारित समयभन्दा दुई घण्टा अघि सारिएकाले ३१ यात्रु छुटेको प्रष्टीकरण दिएका हुन् । समय परिवर्तन गरेको विषयमा सबै यात्रुलाई जानकारी दिएको तर, जानकारी पाउन नसकेका यात्रुहरुमात्रै छुटेको उनको भनाइ छ ।

मन्त्री किरातीले छुटेका यात्रुहरुलाई होटलमा राख्ने व्यवस्था गरेको र अहिले गन्तव्यतर्फ पठाइसकेको जानकारी दिए । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति ९ः३० मा प्रधानमन्त्री दुबई गएका थिए ।

प्रधानमन्त्री दुबई जाने भएपछि परराष्ट्रको पत्रका आधारमा ११ः३० को पूर्वनिर्धारित उडान ९ः३० मा सारिएको थियो । त्यस्तै मन्त्री किरातीले १३ वर्षदेखिको नेपालको हवाइ क्षेत्र ईयूको कालोसूची हट्ने प्रक्रियामा रहेको जानकारी दिए ।

उनले विभिन्न १२ वटा सामान्य विषयमा सुधार गर्नेबितिकै नेपालको हवाई क्षेत्र ईयूको कालोसूची हट्ने दावी गरे ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ६ : ४३ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ