उडानको समय परिवर्तन भएकाले ३१ यात्रु छुटे : मन्त्री किराती | Khabarhub Khabarhub

उडानको समय परिवर्तन भएकाले ३१ यात्रु छुटे : मन्त्री किराती


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सले उडानको समय परिवर्तन गरेकाले ३१ यात्रु छुटेको प्रष्टीकरण दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले परराष्ट्र मन्त्रालयको पत्रअनुसार प्रधानमन्त्रीको भ्रमणका कारण निर्धारित समयभन्दा दुई घण्टा अघि सारिएकाले ३१ यात्रु छुटेको प्रष्टीकरण दिएका हुन् । समय परिवर्तन गरेको विषयमा सबै यात्रुलाई जानकारी दिएको तर, जानकारी पाउन नसकेका यात्रुहरुमात्रै छुटेको उनको भनाइ छ ।

मन्त्री किरातीले छुटेका यात्रुहरुलाई होटलमा राख्ने व्यवस्था गरेको र अहिले गन्तव्यतर्फ पठाइसकेको जानकारी दिए । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति ९ः३० मा प्रधानमन्त्री दुबई गएका थिए ।

प्रधानमन्त्री दुबई जाने भएपछि परराष्ट्रको पत्रका आधारमा ११ः३० को पूर्वनिर्धारित उडान ९ः३० मा सारिएको थियो । त्यस्तै मन्त्री किरातीले १३ वर्षदेखिको नेपालको हवाइ क्षेत्र ईयूको कालोसूची हट्ने प्रक्रियामा रहेको जानकारी दिए ।

उनले विभिन्न १२ वटा सामान्य विषयमा सुधार गर्नेबितिकै नेपालको हवाई क्षेत्र ईयूको कालोसूची हट्ने दावी गरे ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ६ : ४३ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका