जलवायु परिवर्तनका असर कम गर्न नेपालको प्रयासबारे विश्वलाई जानकारी गराउँछु : प्रचण्ड « Khabarhub

जलवायु परिवर्तनका असर कम गर्न नेपालको प्रयासबारे विश्वलाई जानकारी गराउँछु : प्रचण्ड


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् ।

कोप–२८ मा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली राजदूतावास पुगेका प्रधानमन्त्रीले त्यहाँ एकत्रित भएका नेपालीलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोग्नुपरेका असरका बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले सम्मेलनमा याचकका रुपमा नभई अधिकार प्राप्तिका निम्ति नेपालका मुद्दा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्रीले कोप–२८ मा जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र त्यसको क्षतिपूर्ति माग गरिने तथा वित्तीय र प्राविधिक सहयोगको अधिकारबारे कुरा उठाउने बताए । उनले आगामी निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था भएको जानकारी दिए ।

विदेशमा बसेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने भन्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीको मताधिकारका लागि सरकार गम्भीर भएको बताए ।

यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले युएई र नेपालबीच व्यापार, पर्यटन र प्रविधिमा सहकार्य अभिवृद्धिका निम्ति आफू क्रियाशील रहेको बताउदै नेपालको आर्थिक विकासमा यूएईको सहयोग जुटाउन दूतावासले गरेका कामकारबाहीबारे जानकारी दिएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ७ : २० बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले