कोप–२८ : जलवायु ‘हानि र नोक्सानी’ कोषको औपचारिक शुभारम्भ « Khabarhub

कोप–२८ : जलवायु ‘हानि र नोक्सानी’ कोषको औपचारिक शुभारम्भ


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२८ ले बिहीबार औपचारिक रूपमा विह्वव्यापी तापक्रम वृद्धिसँग सम्बन्धित प्राकृतिक विपत्तिबाट तहसनहस भएका कमजोर राष्ट्रहरूले माग गर्दै आएको ‘हानि र नोक्सानी’ कोषको औपचारिक शुभारम्भ गरेको छ ।

‘हामीले आज इतिहास रचेका छौं’, कोप–२८ का अध्यक्ष तथा संयुक्त अरब इमिरेट्स (युएई) का मन्त्री सुल्तान अल जाबेरले प्रतिनिधिहरूसँग भने, ‘हाम्रो देशले कोषमा १० करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।’

जर्मनीले पनि १० करोड अमेरिकी डलर दिने प्रतिबद्धता जनाएको छ । वर्षौंदेखि यस विषयलाई निष्कर्षबिहीन अवस्थामा लतारेका धनी राष्ट्रहरूले गत वर्ष शर्म अल शेखमा भएको कोप–२७ शिखर सम्मेलनमा ऐतिहासिक सम्झौतामा कोषलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

दुबईमा कोप २८ को पहिलो दिन यसको प्रक्षेपण कोषको संरचनाबारे बृहत् वार्तापछि यसलाई अन्तरिम रूपमा विश्व बैंकमा राखिनेछ ।‘यसले विश्व र हाम्रो कामको गतिको सकारात्मक सङ्केत दिन्छ,’ जाबेरले भने।

जाबेरले भने, ‘कुनै पनि कोप सम्मेलनको पहिलो दिनमा निर्णय लिइएको यो पहिलो पटक हो र जुन गतिमा हामीले त्यसो गरेका छौं त्यो पनि अद्वितीय, अभूतपूर्व र ऐतिहासिक छ ।’

उनले भने, ‘‘कोप–२८ ले कोष सङ्कलन गर्न सक्छ । पक्कै गर्नेछ । हामी दिन सक्छौँ भन्ने यो बलियो आधार हो ।’

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ८ : २७ बजे

नेपाल–दक्षिण अफ्रिका व्यापार तथा लगानी विस्तारबारे छलफल

काठमाडौँ-  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि गणतन्त्र

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस

राँझा– नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,