सुदूरपश्चिम पुगेका ओली चुच्चे नक्साबारे चुप « Khabarhub

सुदूरपश्चिम पुगेका ओली चुच्चे नक्साबारे चुप


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा चुच्चे नक्साको विषयमा लामै बहस चल्दै आएको छ । विशेषतः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला २०७७ जेठ ७ गते मन्त्रिपरिषदले निर्णय गरेर नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

नेकपा सरकारको निर्णयप्रति विपक्षीले समेत सहमति जनाएका थिए । सामाजिक सञ्जालमा एमाले अध्यक्ष ओलीलाई आँटिलो नेता भनेर समर्थन गर्नेहरुको कमी थिएन ।

हाल भारतको नियन्त्रणमा रहेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर जारी गरिएको नेपालको नक्सा सार्वजनिक भएको तीन वर्षसम्म पनि नेपालले आफ्नो भूमि फिर्ता लिन सकेको छैन । क्रमशः दलका नेताहरुले चुच्चे नक्साको प्रशंगलाई बिर्सन थालेका छन् ।

छिमेकी मित्रराष्ट्र भारत सरकारसँग द्वीपक्षीय वार्ता र कूटनीतिक प्रयास मार्फत आफ्नो भूमि फिर्ता ल्याइछोड्ने ओलीले बताउँदै आएका थिए । अहिले पनि बेला बेलामा ओलीले चुच्चे नक्सा सार्वजनिक गरेको जस लिने गरेका छन् । तर गुमेको भूमि फिर्ता लिने कुरामा भने सरकार पनि मौन छ विपक्षी पनि ।

यसअघि भारत भ्रमणका गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बंगलादेशसँग जाने बाटोसँग चुच्चे नक्साको भूभाग साट्न सकिने विवादास्पद अभिव्यक्ति दिएका थिए । अहिले सरकारको नेतृत्व गरिरहेका कांग्रेस र माओवादीका नेताहरु चुच्चे नक्साबारे तैंचूप मैचुप छन् ।

हाल नेकपा एमाले सूदुरपश्चिमको बाटो हुँदै महाकाली–मेची अभियानमा छ । अभियान बिहीबार बैतडीको झुलाघाटबाट सुरु भएको छ । एमालेले स्थानीय समस्या बुझ्न अभियान थालेको बताएको छ । अभियानको उदघाटनमा सुदूरपश्चि पुगेका ओलीले विहीबारको कार्यक्रममा चुच्चे नक्साबारे केही बोलेनन् ।

सूदुरपच्चिम सीमाना क्षेत्रमा पुगेर पनि उनले चुच्चे नक्सा फिर्ता गर्नेबारेमा सरकारको ध्यान आकर्षित गर्न बिर्सिए ।

युवासंघका अध्यक्ष क्षितिज थेबेका अनुसार विहीबार ओलीले बैतडीका तीन स्थानमा भाषण गरे । उनले बैतडीको झुलाघाट, गोठालापानी र खोड्पेमा बोलेका थिए । बिहीबारको बसाइ बझाङमै हुने थेबेले खबरहबलाई बताए ।

सुदूरपश्चिममा तुईनका समस्या छन् । नेपालीहरुले आफ्नै भूमिमा जानका लागि भारतको बाटो प्रयोग गर्नुपरेको छ । तर, यी विषयहरु ठूला राजनीतिक दलको प्राथमिकतामा पर्ने गरेका छ्र्रैनन् । चुच्चे नक्सा त धेरै परेको कुरा भयो ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ८ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै