पेट्रोलियम पदार्थको मूल्य घट्यो « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य घट्यो


१४ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो।

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल २ रुपैयाँ र डिजेल/मट्टीतेल प्रतिलिटर ४ रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७० र डिजेल तथा मट्टीतेल प्रतिलिटर १ सय ६० रुपैयाँ पर्नेछ ।

आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ १२ पैसा र डिजेलमा चार रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको थियो । त्यस्तै खाना पकाउने ग्यासमा २१ रूपैयाँ १४ पैसा बढाएर पठाएपनि निगमले ग्यासको भाउ यथावत राखेको छ। एलपी ग्यासको मूल्य देशभर प्रति सिलिण्डर १८९५ रुपैयाँ नै कायम रहेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ९ : ३९ बजे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई