बालकुमारी घटनाबारे प्रधानमन्त्रीले लिए विस्तृत जानकारी, निष्पक्ष छानबिन गर्न निर्देशन « Khabarhub

बालकुमारी घटनाबारे प्रधानमन्त्रीले लिए विस्तृत जानकारी, निष्पक्ष छानबिन गर्न निर्देशन


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग विस्तृत जानकारी लिएका छन् ।

आज बिहान बालुवाटारमा भएको ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुवँर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित रहेका थिए ।

ब्रिफिङमा उनीहरूले घटनाको बारेमा जानकारी गराउँदै छानविन समितिसमेत गठन गरिएको प्रधानमन्त्रीलाई अवगत गराएका छन् ।

प्रधानमन्त्रीले घटना आकस्मिक, अप्रत्याशित र दुखद् भएको बताउँदै छिटो र निष्पक्ष छानविन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताए ।

हिजो दिउँसो कोरियाको ईपीएस प्रणालीका विषयलाई लिएर भौतिक योजना मन्त्री प्रकाश ज्वालालाई गाडीबाट ओरालेर उनको सवारीमा आगजनी भएको थियो ।

प्रदर्शनकारीले आगजनी गरे पछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि चलाएको गोली लागेर दुई युवाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  १० : २५ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड