गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु « Khabarhub

गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

तम्घास– गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । यही पुस ९ गते र १२ गते एक बिरामीलाई डायलासिस सेवा प्रदान गरेसँगै अस्पतालमा अब नियमितरूपमा सेवा सुरु हुने भएको हो । 

जिल्लाको रेसुङ्गा नगरपालिका-८ का देविराम खनालको अस्पतालले सफल डायलासिस गरेको हो । गुल्मीमै डायलासिस सेवा सुरु भएसँगै सेवा लिनका लागि पाल्पा, बुटवललगायत स्थानमा जानुपर्ने गुल्मेलीको बाध्यता अन्त्य हुने भएको छ । 

डायलासिस सेवाका लागि अस्पतालमा पाँच मेसिन छन् । त्यसमध्ये तीन वटासम्म नियमित सञ्चालन गर्न सकिन्छ भने बाँकी दुई वटा वैकल्पिकरुपमा राख्नुपर्ने हुन्छ । डायलासिस सेवाका लागि अस्पतालमा एक विशेषज्ञ डाक्टर र एक नर्सको व्यवस्था गरिएको छ । एक बिरामीले हप्तामा दुईपटक डायलासिस गराउनुपर्छ । एकपटकमा झण्डै पाँच घण्टा लाग्छ । 

अस्पतालमा हप्तामा नौ जनालाई डायलासिसको सेवा प्रदान गर्न सकिने अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले जानकारी दिए । डायलासिस गर्ने जनशक्ति थप गर्नसकेमा सोही सामग्रीबाट दुई वा तीन सिफ्टमा सेवा दिन सकिने र त्यसबाट अधिकतम बिरामी लाभान्वित हुने अर्यालको भनाइ छ । 

नेपाल सरकारले एकपटक डायलासिस गराएको रु दुई हजार पाँच सय दिने गरेको छ । गुल्मी अस्पतालले स्वास्थ्य सेवा विभागबाट डायलासिस सेवाको अनुमति नपाएकाले उक्त सुविधा पाएको छैन । खनालको सफल उपचार गरेसँगै अस्पतालका डायलासिस गर्ने सामग्रीलगायत सबै प्राविधिक पक्ष ठीक भएको प्रमाणित भएकाले अब आधिकारिकरुपमै विभागबाट पत्र आउने अर्यालको भनाइ छ । 

सो अस्पतालमा डायलासिस गराएका खनालले गत वर्षको माघ १७ गतेदेखि काठमाडौँमा डायलासिस गराउन सुरु गरेका हुन् । तीन महिना अगाडिबाट पाल्पाबाट सेवा लिएका खनाल अब जिल्लाकै अस्पतालबाट सेवा लिने पहिलो बिरामी बनेका छन् । पहिलो बिरामी भएकाले खनालको उपचार गुल्मी अस्पतालले निशुल्करूपमा गरेको छ । 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  २ : १८ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज