गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु | Khabarhub Khabarhub

गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

तम्घास– गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु भएको छ । यही पुस ९ गते र १२ गते एक बिरामीलाई डायलासिस सेवा प्रदान गरेसँगै अस्पतालमा अब नियमितरूपमा सेवा सुरु हुने भएको हो । 

जिल्लाको रेसुङ्गा नगरपालिका-८ का देविराम खनालको अस्पतालले सफल डायलासिस गरेको हो । गुल्मीमै डायलासिस सेवा सुरु भएसँगै सेवा लिनका लागि पाल्पा, बुटवललगायत स्थानमा जानुपर्ने गुल्मेलीको बाध्यता अन्त्य हुने भएको छ । 

डायलासिस सेवाका लागि अस्पतालमा पाँच मेसिन छन् । त्यसमध्ये तीन वटासम्म नियमित सञ्चालन गर्न सकिन्छ भने बाँकी दुई वटा वैकल्पिकरुपमा राख्नुपर्ने हुन्छ । डायलासिस सेवाका लागि अस्पतालमा एक विशेषज्ञ डाक्टर र एक नर्सको व्यवस्था गरिएको छ । एक बिरामीले हप्तामा दुईपटक डायलासिस गराउनुपर्छ । एकपटकमा झण्डै पाँच घण्टा लाग्छ । 

अस्पतालमा हप्तामा नौ जनालाई डायलासिसको सेवा प्रदान गर्न सकिने अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले जानकारी दिए । डायलासिस गर्ने जनशक्ति थप गर्नसकेमा सोही सामग्रीबाट दुई वा तीन सिफ्टमा सेवा दिन सकिने र त्यसबाट अधिकतम बिरामी लाभान्वित हुने अर्यालको भनाइ छ । 

नेपाल सरकारले एकपटक डायलासिस गराएको रु दुई हजार पाँच सय दिने गरेको छ । गुल्मी अस्पतालले स्वास्थ्य सेवा विभागबाट डायलासिस सेवाको अनुमति नपाएकाले उक्त सुविधा पाएको छैन । खनालको सफल उपचार गरेसँगै अस्पतालका डायलासिस गर्ने सामग्रीलगायत सबै प्राविधिक पक्ष ठीक भएको प्रमाणित भएकाले अब आधिकारिकरुपमै विभागबाट पत्र आउने अर्यालको भनाइ छ । 

सो अस्पतालमा डायलासिस गराएका खनालले गत वर्षको माघ १७ गतेदेखि काठमाडौँमा डायलासिस गराउन सुरु गरेका हुन् । तीन महिना अगाडिबाट पाल्पाबाट सेवा लिएका खनाल अब जिल्लाकै अस्पतालबाट सेवा लिने पहिलो बिरामी बनेका छन् । पहिलो बिरामी भएकाले खनालको उपचार गुल्मी अस्पतालले निशुल्करूपमा गरेको छ । 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  २ : १८ बजे

राष्ट्रिय सुरक्षा परिषद्लाई सशक्त र प्रभावकारी बनाउनुपर्छ : रक्षामन्त्री उप्रेती

काठमाडौं– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय सुरक्षा परिषद्लाई सशक्त र प्रभावकारी

अन्त:शुल्क स्टिकर खरिद प्रकरण : मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन

सुशील प्याकुरेलले अस्वीकार गरे राजदूत पद

काठमाडौं- सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि राजदूतका रुपमा जान अस्वीकार

५ अंकले घट्यो नेप्से, फाइनान्स बढ्दा अन्य सबै समूह राताम्य 

काठमाडौं– साताको पहिलो अर्थात् आइतबार नेपाल स्टक एक्सजेञ्ज (नेप्से) राताम्य

प्रेमिकाले धोका दिएको भन्दै सम्हालिन नसक्दा परिवारमा बज्रपात

सुनसरी- प्रेमिकाले धोका दिएको भन्दै एकजना कर्मचारीले आफ्नै जीवन समाप्त