आयातबाट फर्निचर उपभोग गर्नु दुर्भाग्य : अर्थमन्त्री महत « Khabarhub

आयातबाट फर्निचर उपभोग गर्नु दुर्भाग्य : अर्थमन्त्री महत


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले फर्निचर व्यवसाय आर्थिक क्रियाकलापको महत्वपूर्ण क्षेत्र भएको बताएका छन ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौँ वार्षिक साधारण सभा तथा पाँचौ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै मन्त्री महतले यस्तो बताएका हुन् । 

उनले भने, – ‘नेपालमा ४५ प्रतिशत जमिनमा वनजंगल भएर पनि हामीले विदेशबाट फर्निचर आयात गर्नुपर्ने अवस्था होइन । काठको सट्टा स्टिलको फर्निचरको उपयोग बढ्दै जानु हाम्रा लागि सुखद् होइन ।’

फर्निचरको क्षेत्रमा हामी आत्मनिर्भर बन्न सकिन्छ । निर्यातको पनि प्रशस्त सम्भावना छ । कला संस्कृतिको हिसाबले पनि नेपाल समृद्धि छ । हामीले वशिष्ठ किसिमका फर्चिनर निर्माण गर्न सक्छौं, जसको माग देशबाहिर पनि हुन सक्छ’ मन्त्री महतले भने, ‘यो व्यवसायलाई प्रोत्साहन गर्न सरकार कटिबद्ध छ । हाम्रो बजेटको नीतिअनुसार तयारी सामानमा बढी भन्सार, यही उत्पादन हुने तर बाहिरबाट ल्याइने कच्चा पदार्थमा थोरै भन्सार दर लाग्दछ । यही उद्योग व्यवसाय फस्टाउन सकोस् भनेर सरकारले यो नीति अवलम्बन गरेको हो ।’

स्वदेशी उद्योगलाई संरक्षण गर्ने सरकारको नीति रहने जनाउँदै अर्थमन्त्री महतले सरकारी अथवा निजी घरमा बाहिरी फर्निचर उपयोग भइरहेको तर ती फर्निचर हेर्दा राम्रो देखिए पनि टिकाउ नहुने मन्त्री महतको भनाइ थियो । यस्ता कुरा हामीले उपभोक्तालाई सूचित गर्न जरुरी रहेको भन्दै उनले भने,  ‘हाम्रा उत्पादन पनि आकर्षक र टिकाउ हुन जरुरी छ । ऐन, नियम र कानुनले फर्निचर उद्योगमा समस्या आएको भनिएको छ, त्यसलाई फुकाउन सरकार लागेको छ ।’

‘नेपाली उद्योगलाई सहज गर्ने कुरामा सरकारले सहयोग गर्ने उनको भनाई छ । ‘वनमा काठ कुहिएर जाने, उपयोग नहुने व्यवस्था हट्नुपर्छ, आयातित बस्तुसँग प्रतिस्पर्धा गर्ने गरी हामीले काम गर्नुपर्छ, यो व्यवसायमा हामी आत्मनिर्भर भएर बाहिर निर्यात गर्ने अवस्थामा हामी पुग्नुपर्छ’ मन्त्री महतले भने ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  २ : २५ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा