आयातबाट फर्निचर उपभोग गर्नु दुर्भाग्य : अर्थमन्त्री महत | Khabarhub Khabarhub

आयातबाट फर्निचर उपभोग गर्नु दुर्भाग्य : अर्थमन्त्री महत


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले फर्निचर व्यवसाय आर्थिक क्रियाकलापको महत्वपूर्ण क्षेत्र भएको बताएका छन ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौँ वार्षिक साधारण सभा तथा पाँचौ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै मन्त्री महतले यस्तो बताएका हुन् । 

उनले भने, – ‘नेपालमा ४५ प्रतिशत जमिनमा वनजंगल भएर पनि हामीले विदेशबाट फर्निचर आयात गर्नुपर्ने अवस्था होइन । काठको सट्टा स्टिलको फर्निचरको उपयोग बढ्दै जानु हाम्रा लागि सुखद् होइन ।’

फर्निचरको क्षेत्रमा हामी आत्मनिर्भर बन्न सकिन्छ । निर्यातको पनि प्रशस्त सम्भावना छ । कला संस्कृतिको हिसाबले पनि नेपाल समृद्धि छ । हामीले वशिष्ठ किसिमका फर्चिनर निर्माण गर्न सक्छौं, जसको माग देशबाहिर पनि हुन सक्छ’ मन्त्री महतले भने, ‘यो व्यवसायलाई प्रोत्साहन गर्न सरकार कटिबद्ध छ । हाम्रो बजेटको नीतिअनुसार तयारी सामानमा बढी भन्सार, यही उत्पादन हुने तर बाहिरबाट ल्याइने कच्चा पदार्थमा थोरै भन्सार दर लाग्दछ । यही उद्योग व्यवसाय फस्टाउन सकोस् भनेर सरकारले यो नीति अवलम्बन गरेको हो ।’

स्वदेशी उद्योगलाई संरक्षण गर्ने सरकारको नीति रहने जनाउँदै अर्थमन्त्री महतले सरकारी अथवा निजी घरमा बाहिरी फर्निचर उपयोग भइरहेको तर ती फर्निचर हेर्दा राम्रो देखिए पनि टिकाउ नहुने मन्त्री महतको भनाइ थियो । यस्ता कुरा हामीले उपभोक्तालाई सूचित गर्न जरुरी रहेको भन्दै उनले भने,  ‘हाम्रा उत्पादन पनि आकर्षक र टिकाउ हुन जरुरी छ । ऐन, नियम र कानुनले फर्निचर उद्योगमा समस्या आएको भनिएको छ, त्यसलाई फुकाउन सरकार लागेको छ ।’

‘नेपाली उद्योगलाई सहज गर्ने कुरामा सरकारले सहयोग गर्ने उनको भनाई छ । ‘वनमा काठ कुहिएर जाने, उपयोग नहुने व्यवस्था हट्नुपर्छ, आयातित बस्तुसँग प्रतिस्पर्धा गर्ने गरी हामीले काम गर्नुपर्छ, यो व्यवसायमा हामी आत्मनिर्भर भएर बाहिर निर्यात गर्ने अवस्थामा हामी पुग्नुपर्छ’ मन्त्री महतले भने ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  २ : २५ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल

देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं–  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव