गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपाको प्रदर्शन « Khabarhub

गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपाको प्रदर्शन


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बालकुमारी घटनाका विषयमा गृहमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदर्शन गरेको छ । 

शनिबार ललितपुरको बालकुमारी स्थीत इपिएस कार्यलयका अगाडि प्रदर्शन गर्दै रास्वपाले गृहमन्त्रीको राजीनामा माग गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा सांसद तोषिमा कार्कीले हरेक नागरिकको बाच्न पाउने अधिकार हुँदा हुँदै पनि युवाहरूले गरेको प्रदर्शनमा गोली चलाउनु दुखद भएको बताएका छन् । उनले दुई युवाहरूको हत्या घटनाको रास्वापाले घोर भर्त्सना गरेको उल्लेख गरे ।

 उक्त घटनामा गृहमन्त्रालयले छानविन गरेको अवस्थामा नैतिकतामा आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले माग गरे ।

प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीज्यू, १७ हजार प्लस २ भयो त ? अझै कति ?’ , नालायक सरकार राजीनामा दे, मृतकलाई शहीद घोषणा गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ३ : २६ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल