मेक्सिकोमा रात्रिभोजमा गोली चल्दा छ जनाको मृत्यु | Khabarhub Khabarhub

मेक्सिकोमा रात्रिभोजमा गोली चल्दा छ जनाको मृत्यु


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मेक्सिको सिटी– मेक्सिकोको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार एक पार्टीमा बन्दुकधारीले गोली चलाएपछि भएको झडपमा छ जनाको मृत्यु भएको छ ।

सोनोरा राज्यका अभियोजकको कार्यालयले भनेको छ, ‘हत्याको प्रयास, हत्या, स्वतन्त्रता हरण र आपराधिक सम्बन्धको लागि पक्राउ पुर्जी जारी गरिएका आपराधिक समूहको नाइकेविरुद्ध भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

काजेमे नगरपालिकामा बिहानै भएको आक्रमणमा परी पाँच जनाको मृत्यु हुनुका साथै २६ जना घाइते भएका छन् । घटनामा आक्रमणकारी पनि मारिएको बताइएको छ ।

सन् २००६ देखि लागूऔषधसम्बन्धी हिंसामा परी चार लाख २० हजारभन्दा बढी मानिसको हत्या भइसकेको मेक्सिकोमा बन्दुकधारीहरूले सामाजिक जमघटलाई लक्षित गरेको इतिहास छ ।

गत डिसेम्बर १७ मा मध्य राज्य ग्वानाजुआटोमा मेक्सिकोका युवाहरूले भाग लिएको क्रिसमस पार्टीमा बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ३ : ३५ बजे

कांग्रेसले आफ्नो पहिचान गुमाउँदै गयो : सहमहामन्त्री आङदम्बे 

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले पार्टीले आफ्नो पहिचान गुमाउँदै

महिलालाई सबै क्षेत्रमा सक्षम बनाउन जरुरी : मुख्यमन्त्री महरा

सिद्धार्थनगर– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले महिला सशक्तीकरणका लागि राष्ट्रिय

युक्रेनी सेनाका एक शीर्ष कमान्डर बर्खास्त

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सेनाका एक शीर्ष कमान्डरलाई बर्खास्त

परराष्ट्रमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौं– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा

सहकारी पीडितको गुनासो- बचत गरेको प्रत्येक नोट पसिनाले भिजेका थिए

काठमाडौं– सञ्चालकले बचत अपचलन गरेपछि देशभरका सहकारी पीडित एकीकृत भएर