बालकुमारी घटनामा मृतकका परिवारलाई सरकारले १०-१० लाख दिने « Khabarhub

बालकुमारी घटनामा मृतकका परिवारलाई सरकारले १०-१० लाख दिने


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई १०- १० लाख रुपैयाँ दिने भएको छ । 

मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको आज गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

उनले भनिन्, ‘मृतकका परिवारलाई प्रति परिवार १० लाख उपलब्ध गराउने  र उक्त घटनामा घाइतेहरूको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । ‘

आज बिहान  बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको  सुरक्षा अधिकारीहरूको बैठकले यस्तो सिफारिस गरेको थियो । 

त्यसको औपचारिक निर्णय मन्त्रिपरिषद्को औपचारिक बैठक बसेर गरिएको हो । शुक्रबार बालकुमारीमा भएको प्रदर्शनमा मृत्यु हुनेमा डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन रावत छन् । 

यसैबीच सरकारले प्रहरी नायब उपरीक्षक डीएसपी उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पीएसओ प्रहरी नायब निरीक्षक सई बोधराज दनुवारलाई निलम्बन समेत गरेको छ  । 

कोरिया भाषा परीक्षामा रोक लगाएर युवाहरूलाई उत्तेजित र आक्रोशित बनाएको, उनीहरूलाई परीक्षा दिनबाट वञ्चित गरेको र त्यसैको आक्रोशका रूपमा युवाहरूले शुक्रबार प्रदर्शन गरेको भन्दै सरकारले ईपीएस शाखाका ईपीएस शाखाका निर्देशक गुरुदत्त सुवेदी निलम्बन गरेको छ ।  

यस्तै बालकुमारीमा प्रहरीको कमाण्डमा खटिएका डीएसपी पनि दोषी देखिएकाले उनलाई निलम्बन गरिएको छ । बैठकले प्रहरी नायब उपरीक्षक डीएसपी उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पीएसओ हरी नायब निरीक्षक सई बोधराज दनुवारलाई निलम्बन समेत निलम्बन गरेको छ । 

बैठकमा त्यस्तै, ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयमा जिम्मेवारी दिएको छ । भने ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितलाई गृह मन्त्रालयमा पठाउने अनौपचारिक निर्णय गरेको छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ३ : ५३ बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

बयान दिन रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको