बालकुमारी घटनामा मृतकका परिवारलाई सरकारले १०-१० लाख दिने « Khabarhub

बालकुमारी घटनामा मृतकका परिवारलाई सरकारले १०-१० लाख दिने


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई १०- १० लाख रुपैयाँ दिने भएको छ । 

मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको आज गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

उनले भनिन्, ‘मृतकका परिवारलाई प्रति परिवार १० लाख उपलब्ध गराउने  र उक्त घटनामा घाइतेहरूको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । ‘

आज बिहान  बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको  सुरक्षा अधिकारीहरूको बैठकले यस्तो सिफारिस गरेको थियो । 

त्यसको औपचारिक निर्णय मन्त्रिपरिषद्को औपचारिक बैठक बसेर गरिएको हो । शुक्रबार बालकुमारीमा भएको प्रदर्शनमा मृत्यु हुनेमा डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन रावत छन् । 

यसैबीच सरकारले प्रहरी नायब उपरीक्षक डीएसपी उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पीएसओ प्रहरी नायब निरीक्षक सई बोधराज दनुवारलाई निलम्बन समेत गरेको छ  । 

कोरिया भाषा परीक्षामा रोक लगाएर युवाहरूलाई उत्तेजित र आक्रोशित बनाएको, उनीहरूलाई परीक्षा दिनबाट वञ्चित गरेको र त्यसैको आक्रोशका रूपमा युवाहरूले शुक्रबार प्रदर्शन गरेको भन्दै सरकारले ईपीएस शाखाका ईपीएस शाखाका निर्देशक गुरुदत्त सुवेदी निलम्बन गरेको छ ।  

यस्तै बालकुमारीमा प्रहरीको कमाण्डमा खटिएका डीएसपी पनि दोषी देखिएकाले उनलाई निलम्बन गरिएको छ । बैठकले प्रहरी नायब उपरीक्षक डीएसपी उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पीएसओ हरी नायब निरीक्षक सई बोधराज दनुवारलाई निलम्बन समेत निलम्बन गरेको छ । 

बैठकमा त्यस्तै, ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयमा जिम्मेवारी दिएको छ । भने ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितलाई गृह मन्त्रालयमा पठाउने अनौपचारिक निर्णय गरेको छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ३ : ५३ बजे

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान