गैरिटाँड–कमलबजार–बासकाँडा सडकको शिलान्यास | Khabarhub Khabarhub

गैरिटाँड–कमलबजार–बासकाँडा सडकको शिलान्यास


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

अछाम- सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले कैलाली–चिसापानी–जङ्गलघाट–बडिमालिका–गैरिटाँड–कमलबजार–बास्काँडा सडकअन्तर्गत (गैरिटाँड–कमलबजार बासकाँडा खण्डको २३ किलोमिटर) सडक कालोपत्र आयोजनाको शिलान्यास गरेका छन् ।

डडेल्धुरा, डोटी, अछाम र बाजुरा जिल्लामा सुदूरपश्चिम प्रदेश सरकारबाट सञ्चालित विकास निर्माण आयोजनाको स्थलगत निरीक्षण गर्ने कार्यक्रमअनुसार आज अछाम पुगेका मन्त्री देउवाले सुदूरपश्चिम प्रदेश सरकारको गौरवको आयोजना उक्त सडकको शिलान्यास गर्दै उक्त आयोजना अछामका बासिन्दाको समृद्धिसँग जोडिएको बताए ।

उनले सबै आयोजना निर्धारित समयभित्रै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । गैरिटाँड–कमलबजार–बासकाँडा सडक खण्डको २३ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा पिके निर्माण सेवाले पाएको छ । उक्त आयोजनाको लागत रु ६९ करोड ४३ लाख ५३ हजार छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ४ : ५६ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय