कांग्रेसले नै प्रचण्डलाई सरकारमा पुर्‍याएको हो, कांग्रेसले चाहे हटाउन पनि सक्छ : गगन थापा « Khabarhub

कांग्रेसले नै प्रचण्डलाई सरकारमा पुर्‍याएको हो, कांग्रेसले चाहे हटाउन पनि सक्छ : गगन थापा


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले नै प्रचण्डलाई सरकारमा पुर्‍याएको र कांग्रेसले चाहे हटाउन पनि सक्ने बताएका छन् ।

शनिबार भक्तपुरमा कांग्रेस भक्तपुर–२ को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले कांग्रस संसदको ठूलो पार्टी रहेपनि पार्टीले सरकार चलाउने कुरामा योग्यता राख्न नसकेको बताए ।

कांग्रेस संसदको ठूलो पार्टी भएपनि अहिलेको समस्या समाधान गर्ने जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको उनले बताए ।

थापाले रोजगारीको ठूलो समस्या रहेकै कारण बालकुमारीमा दुई युवाहरुले ज्यान गुमाउनु परेको धारणा राखे । उनले कांग्रेसको मिसन ८४ भन्दा पनि मिसन रोजगारी हुनुपर्ने बताए ।

त्यस्तै, थापाले पार्टीको गुटउपगुटका साथै निर्वाचनमा खल्तीबाट उम्मेद्वार छान्ने प्रवृति अन्त्य हुनुपर्नेमा जोड दिए ।

उनले मुलुकको परिवर्तनमा कांग्रेसको नेतृत्व रहेको र अव कांग्रेस नरहे मुलुक कुनै न कुनै रुपमा द्वन्द्वमा फस्ने बताए ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ५ : ०६ बजे

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली