शनिबार बसेको मन्त्रिपरिषद् बैठकले के गर्‍यो निर्णय ? « Khabarhub

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले के गर्‍यो निर्णय ?


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार बसेको मन्त्रिपरिषद् बैठकले चारबुँदे निर्णय गरेको छ । शनिबार मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बैठकका निर्णयबारे जानकारी दिएकी हुन् ।

मन्त्री शर्माले बैठकले बालकुमारी घटनामा २ जनाको मृत्यु भएकोमा गहिरो दुःख प्रकट गर्दै मृतकका परिवारलाई जनही दश लाख रुपैयाँ दिने र घाइते भएकाहरु सबै उपचार खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको जानकारी दिइन् । त्यस्तै, सरकारले उक्त घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने र भविष्यमा यस्ता घटना हुन नदिन सुरक्षा संयन्त्र र अन्य निकायलाई थप सतर्क, संयमित र प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।

सरकारले घटनास्थलमा गोली हान्न आदेश दिने प्रहरी अधिकृत, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका सुरक्षा प्रमुख र नेपाल सरकारका इपिएस कोरिया शाखा प्रमुखलाई निलम्बन गरी छानबिनको प्रक्रिया अघि बढीसकेको जनाएको छ ।

यस्ता छन् २०८० पुस १४ गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरू-

१. मिति २०८०/९ /१३ का दिन ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनामा दैलेखका श्री सुजन राउत र अछामका श्री वीरेन्द्र शाहको दुःखद् निधन भएकोमा नेपाल सरकार गहिरो दुःख प्रकट गर्दछ ।

सो घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ । सो घटनाका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

२. घटनामा निधन भएकाका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँ उपलब्ध गराउने । उक्त घटनामा परी घाइते भएका व्यक्तिहरूको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने । सो बापतको रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा दिने ।

३. उक्त घटनाको सम्बन्धमा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने । भविष्यमा यस्ता प्रकृतिका घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्र र अन्य सम्बद्ध निकायलाई थप सतर्क, संयमित र प्रभावकारी बनाउने ।

४. आगामी दिनमा यस किसिमका घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न नेपाल सरकार प्रतिबद्ध रहेकाले यस घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन सबैलाई अपील गर्दछ ।

नोट:- घटनास्थलमा गोली हान्न आदेश दिने प्रहरी अधिकृत, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका सुरक्षा प्रमुख र नेपाल सरकारका इपिएस कोरिया शाखा प्रमुखलाई निलम्बन गरि छानबिनको प्रक्रिया अघि बढीसकेको छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ५ : २० बजे

सर्लाही ४ मा अमरेशसँग गगन थापा करिब १० हजार मतले पछाडि

काठमाडौँ – सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार

इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ निर्वाचित

इलाम : प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी

रास्वपा ९७ क्षेत्रमा विजयी हुँदा २८ उम्मेदवारको अग्रता : कांग्रेस १४ र एमालेको सात जित

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा

सल्यानबाट नेकपाका रमेश मल्ल विजयी

काठमाडौँ – प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का रमेशकुमार

आज २०८२ साल फागुन २४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २४ गते आइतबार चैत