प्रधानमन्त्री कप महिला टी-२० को प्लेअफको समीकरण पुरा | Khabarhub Khabarhub

प्रधानमन्त्री कप महिला टी-२० को प्लेअफको समीकरण पुरा


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट टिमको प्लेअफको समीकरण पुरा भएको छ । शनिबार लिग चरणका खेलहरू सकिएसँगै प्लेअफको समीकरण पुरा भएको हो ।

जारी प्रतियोगितामा अब पहिलो क्वालिफायरमा विभागीय टिम एपीएफ र कोशी प्रदेश खेल्ने भएका छन् । सबै ७ खेलमा जित हासिल गर्दै विभागीय टिम एपीएफ १४ अंकसहित शिर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा छनौट भएको छ भने कोशी प्रदेश ७ मध्ये ६ खेलमा जित हासिल गर्दै १२ अंकसहित दोस्रो स्थानमा रहेको छ । पहिलो क्वालिफायर खेल आइतबार हुँदै छ । यो खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्न पाउने छ । 

त्यस्तै प्रतियोगिताको इलिमिनेटरमा भने सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश खेल्ने भएका छन् । सुदूरपश्चिम प्रदेश ७ मध्ये ५ खेलमा जित हासिल गर्दै १० अंकसहित तेस्रो स्थानमा रहेको छ भने बागमती प्रदेश ७ खेलमा ४ जित र २ हार सहित ८ अंक हासिल गर्दै चौथो स्थानमा रहेर इलिमिनेटर खेल्ने भएको हो । इलिमिनेटरको खेल आइतबार हुँदै छ ।

यस खेलको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित भएको टिमसँग खेल्ने छ । दोस्रो क्वालिफायर खेल सोमबार हुने छ भने फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।  

प्रतियोगितामा भाग लिएका मधेश प्रदेश पाँचौं, लुम्बिनी प्रदेश छैटौँ, गण्डकी प्रदेश सातौँ र कर्णाली प्रदेश जितविहीन हुँदै आठौँ स्थानमा रहेर बाहिरिएका छन् ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ५ : ५६ बजे

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु