बङ्गलादेशमा पेशागत दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या उच्च « Khabarhub

बङ्गलादेशमा पेशागत दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या उच्च


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशमा सन् २०२३ मा  विभिन्न पेशागत दुर्घटनाहरूका कारण कूल १० हजार २ कामदारको मृत्यु भएको स्थानीय विकासमामिला  हेर्ने एक संस्थाले जनाएको छ ।

बङ्गलादेश व्यवसायिक सुरक्षा, स्वास्थ्य, र वातावरण प्रतिष्ठानले  शुक्रबार ढाकामा पत्रकार सम्मेलन गरी तथ्यांक सार्वजनिक गरेको हो । मृतकमध्ये सबैभन्दा बढी यातायात क्षेत्रका ६३७ जना कामदारको ज्यान गएको छ । २२०, निर्माण क्षेत्रका, १४९, कृषि क्षेत्रका १४६ र उत्पादन क्षेत्रका ९४ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।  

यसैगरी, सन् २०२३ मा कार्यस्थलका घटनामा ५०२ जना गम्भीर घाइते भएको  प्रतिवेदनमा उल्लेख गरिएको छ । तथ्याकअनुसार सन् २०२३ मा संस्थागत क्षेत्रमा ३२९ जनाको मृत्यु तथा  २७७ जना घाइते भएका छन् । यसैगरी अनौपचारिक क्षेत्रमा एक हजार १०३ जनाको मृत्यु तथा दुई सय २५ जना घाइते भएका छन् ।

कार्यस्थलमा हुने मृत्युमा सडक दुर्घटना, विद्युत् चुहावट, आगलागी, भवन भत्किने, चट्याङ, ग्यास सिलिन्डर विस्फोट, हिंसा,  कामदारमाथि हुने शारीरिक दुव्र्यवहारलगायत विभिन्न कारण पहिचान गरेको जनाएको छ ।

तथ्यांकले २०१३ देखि चालु  वर्षको  डिसेम्बर २८ सम्म कम्तिमा नौ हजार २६३ व्यक्तिले कार्यस्थलसँग सम्बन्धित दुर्घटनामा ज्यान गुमाएको जनाएको छ । 

संस्थाले पत्रपत्रिका, अनलाइन , टेलिभिजन, स्थलगत रिपोर्ट कर्मचारीहरूले गठन गरेको नेटवर्कलगायतबाट संकलित जानकारीको आधारमा प्रतिवेदन तयार गरेको बताएको छ ।  

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ६ : ०३ बजे

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित