बङ्गलादेशमा पेशागत दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या उच्च « Khabarhub

बङ्गलादेशमा पेशागत दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या उच्च


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशमा सन् २०२३ मा  विभिन्न पेशागत दुर्घटनाहरूका कारण कूल १० हजार २ कामदारको मृत्यु भएको स्थानीय विकासमामिला  हेर्ने एक संस्थाले जनाएको छ ।

बङ्गलादेश व्यवसायिक सुरक्षा, स्वास्थ्य, र वातावरण प्रतिष्ठानले  शुक्रबार ढाकामा पत्रकार सम्मेलन गरी तथ्यांक सार्वजनिक गरेको हो । मृतकमध्ये सबैभन्दा बढी यातायात क्षेत्रका ६३७ जना कामदारको ज्यान गएको छ । २२०, निर्माण क्षेत्रका, १४९, कृषि क्षेत्रका १४६ र उत्पादन क्षेत्रका ९४ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।  

यसैगरी, सन् २०२३ मा कार्यस्थलका घटनामा ५०२ जना गम्भीर घाइते भएको  प्रतिवेदनमा उल्लेख गरिएको छ । तथ्याकअनुसार सन् २०२३ मा संस्थागत क्षेत्रमा ३२९ जनाको मृत्यु तथा  २७७ जना घाइते भएका छन् । यसैगरी अनौपचारिक क्षेत्रमा एक हजार १०३ जनाको मृत्यु तथा दुई सय २५ जना घाइते भएका छन् ।

कार्यस्थलमा हुने मृत्युमा सडक दुर्घटना, विद्युत् चुहावट, आगलागी, भवन भत्किने, चट्याङ, ग्यास सिलिन्डर विस्फोट, हिंसा,  कामदारमाथि हुने शारीरिक दुव्र्यवहारलगायत विभिन्न कारण पहिचान गरेको जनाएको छ ।

तथ्यांकले २०१३ देखि चालु  वर्षको  डिसेम्बर २८ सम्म कम्तिमा नौ हजार २६३ व्यक्तिले कार्यस्थलसँग सम्बन्धित दुर्घटनामा ज्यान गुमाएको जनाएको छ । 

संस्थाले पत्रपत्रिका, अनलाइन , टेलिभिजन, स्थलगत रिपोर्ट कर्मचारीहरूले गठन गरेको नेटवर्कलगायतबाट संकलित जानकारीको आधारमा प्रतिवेदन तयार गरेको बताएको छ ।  

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ६ : ०३ बजे

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको