सबै समुदायबीच भाइचारा बढाउँदै उधौली साकेला « Khabarhub

सबै समुदायबीच भाइचारा बढाउँदै उधौली साकेला


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

टक्सार– किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ पर्वअन्तर्गत भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा आज साकेला सिलीसहित शुभकामना आदानप्रदान गरिएको छ । गत मंगलबारदेखि सुरु भएको यस चाडमा किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि एक महिनासम्म साकेला उभौली मनाउने प्रचलन छ ।

पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा भोजपुरमा पनि किरात समुदाय भेला भएर किराती पुर्खा-धामीले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुवात गर्ने गरिन्छ । केटाकेटीदेखि बुढाबुढीसम्म गाउँदै नाच्दै गर्ने परम्पराले उधौली साकेलाको रौनक बढ्दै गएको छ । किरात राई समुदाय मात्र नभई यतिबेला गैरकिरात पनि साकेलाको तालमा नाच्ने, रमाउने गरेको किरात राई यायोक्खा भोजपुरका कार्यवाहक अध्यक्ष विदुर राईले बताए  । 

‘पछिल्लो समय उधौली साकेला नाच सबै समुदायको पर्वका रुपमा स्थापित हुँदै गएको छ, यसमा किरात राईहरू मात्र नभई गैरकिरात समुदायले पनि मनोरञ्जनात्मक नाचको रूपमा लिने गरेका छन्’, कार्यवाहक अध्यक्ष राईले भने । पछिल्लो पुस्तामा आएर सबै गैरकिरातका लागि भातृत्व झल्काउने उत्सवका रूपमा पनि साकेलालाई लिने गरिएको छ । यसरी अरू समुदायका मानिसले पनि साकेला नाच्दा, रमाउँदा एक अर्काबीच धार्मिक सहिष्णुता र सद्भाव बढ्दै गएको उनको भनाइ छ । 

वर्षको दुईपटक मनाइने साकेला उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन छ । उधौली र उभौलीमा किरात राईहरूको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला नाच्ने गरिन्छ । 

छिटको गुन्यु, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपीलगायत किराती मौलिक भेषभूषामा सजिएर हरेक किरात राईहरूको घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदाय मात्र नभई गैरकिरात समुदायका युवायुवती सहभागी भएर साकेला सिली नाच्ने प्रचलन रहँदै आएको जानकारको भनाइ छ । 

उधौली पर्व किरातको संस्कृतिलाई पुस्तान्तरण गर्ने बलियो आधार भएको संस्कृतिविद् कमलजङ्ग राईको धारणा छ । उनका अनुसार हिउँदको धान्यपूर्णिमाका दिनबाट सुरु हुने उधौली पर्व पुर्खा र जङ्गली पशुपंक्षी लेकदेखि बेंसीतिर झर्ने समय भएको संकेत गर्ने तथा अन्नबाली भित्रयाएको खुसीयालीमा मनाउने गरिन्छ । 

ढुङ्गेयुगमा किराती पुर्खाले पृथ्वीमा कृषि युग सुरु गरेको भन्ने आस्थाका साथ यो पर्व चलनचल्तीमा आएको किरात अगुवाको कथन छ । बालीनाली भित्र्याउने समय, प्राकृतिक प्रकोपबाट जोगिन, इष्टदेवता सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामना गर्दै उधौली मान्ने गरिएको धार्मिक विश्वास छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ७ : ३२ बजे

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको