न्यायाधीश थपलियामाथि कारबाही प्रक्रिया जारी छ, अवाञ्छित प्रभाव पार्ने समाचार नलेख्नू : न्याय परिषद् « Khabarhub

न्यायाधीश थपलियामाथि कारबाही प्रक्रिया जारी छ, अवाञ्छित प्रभाव पार्ने समाचार नलेख्नू : न्याय परिषद्


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्याय परिषद्ले उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत न्यायाधीश नवराज थपलियामाथि कारबाही प्रक्रिया चलिरहेको जनाएको छ ।

विज्ञप्ति जारी गर्दै परिषद्ले न्याय परिषद् ऐन २०७३ को दफा २१ अनुसार सफाई पेस गर्न सूचना दिइ कारबाही प्रक्रिया चलिरहेको जनाएको छ । थपलियाले कार्यक्षमता, आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालन गरे नगरेको भन्ने विषयमा परिषदद्वारा गठित छानविन समितिले दिएको प्रतिवेदनउपर भएको निर्णय अनुसार उनीविरुद्ध कारवाही प्रक्रिया अघि बढेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त छानबिनबारे न्याय परिषदको निर्णयबमोजिम तोकिएका न्यायाधीश र कर्मचारीउपर आक्षेप लगाउने किसिमबाट अनलाइन सञ्चार माध्यमबाट समाचार सम्प्रेषित भएको भन्दै परिषदको ध्यान आकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

न्याय परिषद्को संवैधानिक तथा कानुनी दायित्वअन्तर्गत विचाराधीन काम कारबाहीमा कुनै प्रकारको अवाञ्छित प्रभाव पार्ने किसिमबाट सम्प्रेषित समाचारप्रति आपत्ति प्रकट गर्दै परिषदले यस्ता समाचार सम्प्रेषण नगर्न नगराउन आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ९ : २३ बजे

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका